एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

शनिबार राति अन्तिम क्वार्टरफाइनलमा साविक विजेता फ्रान्स विजयी भएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

OM Sai Pathibhara Hospital

सेमिफाइनलमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, अर्जेन्टिना र मोरक्को पुगेका छन् ।

फ्रान्सले इङ्ल्यान्डलाई २–१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको छ भने त्यसअघि मोरक्कोले पोर्चुगललाई १–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

यस्तै, शुक्रबार क्रोएसियाले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराएको थियो भने अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराएको थियो ।

अब सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा मोरक्को र फ्रान्सबीच बुधबार राति भिडन्त हुनेछ ।

फाइनल खेल पुस ३ गते आइतबार हुनेछ ।