एजेन्सी / कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज शुक्रबार समूह चरणका ४ खेलहरू हुँदैछन् ।   विश्वकपमा शुक्रबार समूह एच र समूह जी को दुई / दुई खेलहरू हुनेछन् ।

समूह एच अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल तथा घाना र उरुग्वेबीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समय अनुसार राति ८: ४५ बजे सुरु हुनेछ ।

OM Sai Pathibhara Hospital

यस्तै समूह जी अन्तर्गत सर्बिया र स्विट्जरल्यान्ड तथा क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । यस समूहको दुबै खेल राति १२: ४५ बजे सुरु हुनेछ । यस समूहबाट ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरिसकेको छ ।