आर्थिक

    Showing 4,311-4,320 of 4,335 items.
  • उपयोग विहिन भए १७ वटा तामा खानी

    म्याग्दी / म्याग्दीका विभिन्न स्थानमा रहेका तामाखानी जङ्गलमै पुरिएर खेर गइरहेका छन् । जिल्लाका  धवलागिरि, मालिका, रघुगङ्गा गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न ठाउँमा रहेका १७ वटा ठूला तामाका खानीहरु राज्यको झन्झटिलो कानूनी प्रावधान र आधुनिक उपकरणको अभावका कारण सञ्चालनमा आउन नसक्दा वनपाखामै खेर गएका हुन् ।रघुगङ्गा–६ मा पर्ने ठाडाखानी गाउँको सिरानमा पर्ने रुमले भिर, धौलागिरि–५ मल्कबाङको मल्काबाङे भिर र मालिका गाउँपालिकाको ओखरबोटका साथै बेनी–३ को चिनाखेत भिरमा रहेका तामाखानी प्रयोगविहीन हुँदा स्थानीय सरकारले करोडौँ राजस्व गुमाउनुपरेको छ । यहाँका विशाल तामाखानी वर्षौँदेखि अलपत्र अवस्थामा छन

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 119 पटक पढिएको
  • आज कति छ सुनचाँदीको भाउ ?

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १०० ले वृद्धि भएर ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच सोमबार चाँदी मूल्य पनि वृद्धि भएको छ । आइतबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर १२६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 120 पटक पढिएको
  • सुनचाँदीको भाउमा पुनः गिरावट

    बिर्तामोड/ नेपाली बजारमा बिहीवार सुनको मूल्य ओरालो लागेको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ १ हजार रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला एक हज

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • 133 पटक पढिएको
  • फेरि बढ्यो पेट्रोलिय पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलिय पदार्थको भाउ बढाएको छ । निगमले गएको मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रूपैयाँका दरले मूल्यवृद्धि गरेको जनाएको छ ।नयाँ मूल्यअनुसार पेट्रोल लिटरको ११६ रूपैयाँ, अनि डिजेल र मट्टितेल लिटरको ९९ रूपैयाँ पुगेको छ । यस्तै निगमले हवाई इन्धनको पनि भाउ बढाएको छ ।निगमले आन्तरिक उडानतर्फ साविकको प्रति लिटर बिक्री मूल्यमा पाँच रूपैयाँ वृद्धि गरी ७२ रूपैयाँ कायम गरेको छ । यस्तै अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २५ अमेरिकी डलरले वृद्धि गरी ८९३ डलर प्रतिकिलोलिटर कायम गरिएको निगमले जनाएको छ ।खाना पकाउने एलपी ग्यासको भने मूल्य नबढाएको न

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 124 पटक पढिएको
  • ओरालो लाग्यो सुन चाँदीको मुल्य

    बिर्तामोड। सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबार भने ८७ हजार रुपैयाँ तोकिएको छ ।महासंघका अनुसार सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको हो ।आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।त्यसैगरी चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • 125 पटक पढिएको
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान

    काठमाडौं । चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ‘हाम्रो रंगशालामा मेरो कुर्सी’ अभियान सुरु गरिएको छ । रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुस सुन्तली फाउण्डेशनले सहयोग रकम जुटाउने उद्देश्यले सोमबारदेखि अभियान सुरु गरेको घोषणा गरेको हो ।अभियानअन्तर्गत व्यक्ति वा संस्थाले आफ्नो वा परिवारको नाम अब प्यारापिटको कुर्सीमा लेखाउन पाउनेछन् । जसका लागि १ लाख रुपैयाँ रंगशाला निर्माणका लागि सहयोग गर्नु पर्नेछ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्सुसले रंगशालाका ३० हजार कुर्सीमा विभिन्न व्यक्ति वा संस्थाले आफ्नो नाम लेखाउन सक्नेछन् ।‘हाम्रो रंगशालामा मेरो कु

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • 146 पटक पढिएको
  • तोलामा ५०० ले घट्यो सुनको मूल्य

    बिर्तामोड। स्थानीय बजारमा आज सुनको मूल्य पाँच सयले घटेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा पाँच सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला  ८८ हजार तीन सय रुपैयामा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार आठ सयमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८७ हजार सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा  ८८ हजार तीन सय ५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा  एक

    • प्रकाशित मितिः फागुन १६, २०७७
    • 130 पटक पढिएको
  • फलोअप – भद्रपुर भन्सार काण्डको विभागद्धारा छानविन सुरु (भिडीयो सहित)

    बिर्तामोड / भद्रपुर भन्सार कार्यालयमा मिलेमतोमा भएको कर छली प्रकरणका विषयमा भन्सार विभागले पनि छानबिन सुरु गरेको छ । विभागको बबरमहल स्थित केन्द्रिय कार्यालयले भद्रपुर कार्यालयसँग सो विषयमा लिखीत रुपमा जानकारी मागेको हो । गत सोमवार महाबीर ट्रेडर्सका नाममा आएका मोवाईल सामाग्रीमा मिलेमतोमा कर छली भएको विषय सतहमा आएपछि आन्तरीक छानविन सुरु गरेको विभागका एक अधिकारीले जानकारी गराएका छन् । कर छलीको यो प्रकरणलाई गोप्य राखेर झापाकै केहि ठुला व्यवसायी र स्थानिय नेताको पहलमा मिलाउन कोशिस गरिएको भएपनि गुप्तचर खबरले निरन्तर समाचार प्रकाशन र प्रशारण गरेपछि अख्तियार दुरुपयोग अनुशन्धान आयोगले समेत छानविन

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 219 पटक पढिएको
  • महालक्ष्मी बैंकबाट हरायो १२ किलो सुन

    बिर्तामोड / महालक्ष्मी विकास बैंकले प्रवाह गर्ने गरेको सुन कर्जामा भएको हिनामिनका कारण बैंकबाट १२ केजी सुन हराएको तथ्य सार्वजनिक भएको छ । बैंकको काठमाण्डौ स्थित कुमारीपाटी शाखाबाट प्रवाह भएको सुन कर्जामा १२ केजी सुन तलमाथि भएको तथ्य खुलेको हो । नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान व्युरो (सीआईबी ) ले राष्ट्र बैंकको आग्रहमा गरेको अनुसन्धानका क्रममा बैंकको सो शाखाबाट १२ केजी सुन हराएको भेटिएको हो । अनुसन्धानमा संलग्न सिआईवीका अधिकारीले छानविनका क्रममा ५ केजी सुन राखेर १७ किलो सुन राखेको किर्ते कागज बनाई कर्जा प्रवाह गरेको भेटिएको हो । बैंक कर्मचारीसँगको मिलेमतोमा सुनचाँदी कारोवारमा संलग्

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • 126 पटक पढिएको
  • यसरी हुन्छ.........भद्रपुर भन्सारमा कर छली (भिडियो सहित)

    बिर्तामोड / पटक–पटक भन्सार छलीका कारण बदनाम भएको झापाको भद्रपुर स्थित भन्सार कार्यालयमा कर्मचारी , व्यापारी र प्रहरीको मिलेमतोमा कर छली हुने गरेको तथ्य फेला परेको छ । गत सोमवार भित्रिएका सवारी साधनमा चेकजाँच गर्ने क्रममा कर छली भएको फेला परेको हो । सोमवार सो नाकाबाट भित्रिएका तिनवटा सवारी साधनमा रहेको सामानलाई प्रहरीले बरामद गरेपछि यो विषय सतहमा आएको हो । मिलेमतोमा हुँदै आएको करछलीमा विषयमा भन्सारका एक कर्मचारीले प्रहरीको उपल्लो तहमा सुचना दिएपछि मात्रै बाध्य भई प्रहरीले सामान बोकेका गाडी नियन्त्रणमा लिएको गुप्तचर खबर डट कमलाई समाचार प्राप्त भएको थियो ।  गाडी नियन्त्रणका वि

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 100 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.