बिर्तामोड। सुनको भाउ तोलामा एक हजार ७ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार ८८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावल सुनको भाउ मंगलबार भने ८७ हजार रुपैयाँ तोकिएको छ ।

OM Sai Pathibhara Hospital

महासंघका अनुसार सुनको भाउ घटबढमा अन्तरािष्ट्रय बजार मूल्य नै प्रमुख कारण भएको हो ।

आजका लागि तेजावी सुनको भाउ ८६ हजार ५५० रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ८८ हजार २५० रुपैयाँमा भएको थियो ।

त्यसैगरी चाँदीको भाउ पनि ओरालो लागेको छ । सोमबार प्रतितोला १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजका लागि ४० रुपैयाँले घटेर १२९० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।