बिर्तामोड। स्थानीय बजारमा आज सुनको मूल्य पाँच सयले घटेको छ । अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा पाँच सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला  ८८ हजार तीन सय रुपैयामा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा ८८ हजार आठ सयमा कारोवार भएको थियो । 

OM Sai Pathibhara Hospital

यस्तै तेजाबी सुन तोलामा ८७ हजार सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा  ८८ हजार तीन सय ५० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै चाँदी आज तोलामा १० रुपैयाँले घटेको छ । शुक्रबार तोलामा  एक हजार तीन सय ३५ रुपैयाँमा कारोवार भएको चाँदी आज भने  एक हजार तीन सय पच्चिस रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।