बिर्तामोड / पटक–पटक भन्सार छलीका कारण बदनाम भएको झापाको भद्रपुर स्थित भन्सार कार्यालयमा कर्मचारी , व्यापारी र प्रहरीको मिलेमतोमा कर छली हुने गरेको तथ्य फेला परेको छ । 

गत सोमवार भित्रिएका सवारी साधनमा चेकजाँच गर्ने क्रममा कर छली भएको फेला परेको हो । सोमवार सो नाकाबाट भित्रिएका तिनवटा सवारी साधनमा रहेको सामानलाई प्रहरीले बरामद गरेपछि यो विषय सतहमा आएको हो । 

OM Sai Pathibhara Hospital

मिलेमतोमा हुँदै आएको करछलीमा विषयमा भन्सारका एक कर्मचारीले प्रहरीको उपल्लो तहमा सुचना दिएपछि मात्रै बाध्य भई प्रहरीले सामान बोकेका गाडी नियन्त्रणमा लिएको गुप्तचर खबर डट कमलाई समाचार प्राप्त भएको थियो ।  

गाडी नियन्त्रणका विषयमा सोमवार नै सुचना प्राप्त भएको भएपनि प्रहरी र भन्सार कार्यालयले तथ्याङ्क नदिई गोप्य राख्न खोजेको यो विषयको कथा भने फरक छ । तिनवटा गाडीमा रहेको २ सय ८६ कार्टुन सामानको तौल र परिमाणमा फरक भेटिएको घटनाको नालीबेली भने यस्तो छ .......