बिर्तामोड/ नेपाली बजारमा बिहीवार सुनको मूल्य ओरालो लागेको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८७ हजार ५००रुपैयाँमा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।

OM Sai Pathibhara Hospital

त्यसैगरी, तेजाबी सुन प्रतितोला ८६ हजार ५० रुपैयाँमा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८७ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, बिहीवार चाँदीको मूल्य पनि घटेको छ । बुधवार प्रतितोला एक हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीवार प्रतितोला  एक हजार २ सय ८५ रुपौयाँमा खरीदविक्री भइरहेको छ । बुधवारको तुलनामा बिहीवार चाँदी ३० रुपैयाँले घटेको हो ।