आर्थिक

    Showing 4,141-4,150 of 4,335 items.
  • प्रदेश १ बजेट : स्वास्थ्यमा ३ अर्ब २५ करोड

    विरानगर / प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २५ करोड बजेट विनियोजन गरेको जानकारी गराएका छन्  ।प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उनले मेची अस्पताल भद्रपुरलाई २०० सय बेड, जिल्ला अस्पताल पाँचथरलाई १०० वेड , जिल्ला अस्पताल धनकुटालाई १०० वेड र अन्य जिल्लाका अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने बताएका छन् ।कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि बजेटमा  ४४ करोड बजेट विनियोजन गरिएको छ ।विराटनगर स्थित कोरोना संक्रमितको उपचार हुँदै आएको कोसी कोभिड अस्पताललाई  प्रादेशिक प्रसूति गृह बनाउन पनि नयाँ

    • प्रकाशित मितिः असार १, २०७८
    • 173 पटक पढिएको
  • खाने तेलको मुल्य घट्यो

    बिर्तामोड / पछिल्लो समयमा निरन्तर मुल्य बढिरहेको कच्चा खाने तेलको अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छ। मूल्य घट्न थालेपछि नेपाली उध्योगिलाई करोडौं रुपैंया नोक्सान हुने भएको छ ।महँगो मुल्यमा खरिद गरेको तेल सस्तो मूल्यमा बेच्ने अवस्था आउने भन्दै तेल आयातकर्ता उध्योगीले करोडौं रुपैंया नोक्सान हुने भएको बताएका छन् । अन्तराष्ट्रिय बजारमा मूल्य आकाशिएपछि नेपालमा पनि मुल्य बढेको बताउँदै आएका उध्योगी मुल्य घटेकाले मूल्य घटाउनै पर्ने वाध्यतामा छन् ।अन्तराष्ट्रिय बजारमा नेपालमा आयात हुने गरेको कच्चा सोया तेल र सूर्यमुखीको तेलमा  प्रति टन ३ सय डलर मूल्य घटेको छ । नेपालमा अर्जेन्टिना र ब्राजिलबाट लग

    • प्रकाशित मितिः असार १, २०७८
    • 145 पटक पढिएको
  • आज ७ वटै प्रदेशको बजेट आउँदै

    बिर्तामोड/ सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०७८ / ०७९ को बजेट सार्वजनिक गर्दैछन् । सातै प्रदेशका अर्थमन्त्रीले आज प्रदेश सभा बैठकमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।संविधानमा प्रत्येक बर्षको असार १ गते आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । नीति तथा कार्यक्रम पारित गरिसकेका प्रदेश १,२, वागमती र लुम्बिनीका अर्थमन्त्रीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभामा बैठकमा बजेट पेश गर्दै छन् ।कर्णाली र गण्डकी प्रदेशमा भने सरकार फेरबदल भएकाले सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम नै प्रस्तुत गरेको छैन । कर्णाली र गण्डकी प्रदेशले आज नै नीति तथा कार्यक्रम र बजेट ल्याउने

    • प्रकाशित मितिः असार १, २०७८
    • 127 पटक पढिएको
  • सर्वसाधारणका लागि उदयपुर सिमेन्टको सेयर आउँदै

    गाईघाट / सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । भर्चुअल माध्यममा आइतबार सम्पन्न साधरण सभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको हो ।नाम चलेको गैडा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको साधरण सभाले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय बराबरको सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने उद्योगका अध्यक्ष बलराम रिज

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 282 पटक पढिएको
  • तोलाको ७ सयले घट्यो सुनको मूल्य

    बिर्तामोड / आज सुनको मुल्य तोलाको सात सयले घटेको छ । आइतबार ६ सयले घटेको सुनको भाउ साताको दोस्रो दिन  आज (सोमबार) पुन ७ सयले घटेको हो। आज छापावाला सुनको प्रतितोला ९३ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार ७ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।यता चाँदीको मूल्य भने आज ५ रुपैयाँले घटेको छ। चाँदी आज एक हजार ३६५ मा कारोबार भइरहेको छ।

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 111 पटक पढिएको
  • एक्सल बैंकले हकप्रद शेयर निष्कासन गर्ने

    बिर्तामोड / झापाको बिर्तामोडमा मुख्य कार्यालय रही प्रदेश एकमा कारोवार गरिरहेको एक्सल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निश्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।बैंकले १०.३ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत जेठ २७ गते बोर्डमा आवेदन दिएको हो । बोर्डमा दिएको आवेदन अनुसार बैंकले २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ ।हकप्रद सेयर निश्कासनका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको जनाएको छ । 

    • प्रकाशित मितिः जेठ ३१, २०७८
    • 152 पटक पढिएको
  • शेयर बजारमा नयाँ रेकर्ड : करिव २० अर्वको कारोवार

    काठमाडौं / नेपाल स्टक एक्सचेञ्जमा आइतबार हालसम्म कै उच्च कारोबार भएर नयाँ रेकर्ड बनेको छ । आईतवार १९ अर्ब ५५ करोड १ लाख रुपैंयाको कारोबार भएको हो ।गत २०७८ जेठ २३ गते आइतबार १७ अर्ब २७ करोड १७ लाख रुपैंया बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ४५ वटा कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि समेत भएको छ ।      आईतवार नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको छ ।नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पन

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 163 पटक पढिएको
  • शिक्षाको गुणस्तर सुधारका लागि विश्व बैंकद्धारा सात अर्ब २० करोड सहयोग

    काठमाडौँ / नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि  विश्व बैंकले सात अर्ब २० करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।  बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्याथीएका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गरेका छन् ।“मानव पूँजी विकास

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 235 पटक पढिएको
  • सरकारी निकायको मौनता , खल्तीबाट हुँदैछ अवैध सट्टेबाज

    बिर्तामोड / विश्वकप छनौटका जारी खेल सहित ठुला फुटवल र क्रिकेट प्रतियोगिताका नाममा डिजिटल भुक्तानी प्लेटफर्म खल्ती उपयोग गरि दैनिक करोडौ रुपैयाको सट्टेबाज हुने गरेको पाईएको छ । हाल जारी फुटबल र क्रिकेटका ठुला खेलमा डिजिटल प्लेटफर्म उपयोग गरी दैनिक करोडौ रुपैयाको बाजी हुन थालेको हो ।डिजिटल प्लेटफर्म खल्ती उपयोग गरी नेपालमा समेत वान एक्स बेट मार्फत् सट्टेबाज भइरहेको छ। सामाजिक संजालमा भईरहेको वान एक्स बेटको प्रचार र विज्ञापन देखेर नेपालमा पनि दैनिक सट्टेबाज खेल्नेको संख्या बढ्न थालेको छ ।ई सेवा र खल्ती सहितका डिजिटल भुक्तानी प्लेटफर्मबाट  ‘वान एक्स बेट’ मा गएर प्रतियोगिताका नाममा करोडौं रुपै

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 229 पटक पढिएको
  • प्रदेश सभा बैठक : प्रदेश १ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु

    विराटनगर / प्रदेश नं १ सरकारको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममाथि आजदेखि सैद्धान्तिक छलफल शुरु भएको छ ।प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशनको आजको बैठकमा प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल शुरु भएको हो ।प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले सरकारको नीति तथा कार्यक्रम बिहीबार प्रदेश सभामा प्रस्तुत गरेका थिए । मुख्यमन्त्री शेरधन राईले बिहीबार नै सभामा सरकारको वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए ।प्रदेश सभाको बैठकमा आजदेखि शुरु भएको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सदस्यहरु उमीता विश्वकर्मा, केदार कार्की, धीरेन्द्र शर्मा, प्रतापप्रकाश हाङ्गाम,

    • प्रकाशित मितिः जेठ २८, २०७८
    • 201 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.