बिर्तामोड / विश्वकप छनौटका जारी खेल सहित ठुला फुटवल र क्रिकेट प्रतियोगिताका नाममा डिजिटल भुक्तानी प्लेटफर्म खल्ती उपयोग गरि दैनिक करोडौ रुपैयाको सट्टेबाज हुने गरेको पाईएको छ । हाल जारी फुटबल र क्रिकेटका ठुला खेलमा डिजिटल प्लेटफर्म उपयोग गरी दैनिक करोडौ रुपैयाको बाजी हुन थालेको हो ।

डिजिटल प्लेटफर्म खल्ती उपयोग गरी नेपालमा समेत वान एक्स बेट मार्फत् सट्टेबाज भइरहेको छ। सामाजिक संजालमा भईरहेको वान एक्स बेटको प्रचार र विज्ञापन देखेर नेपालमा पनि दैनिक सट्टेबाज खेल्नेको संख्या बढ्न थालेको छ ।

OM Sai Pathibhara Hospital

ई सेवा र खल्ती सहितका डिजिटल भुक्तानी प्लेटफर्मबाट  ‘वान एक्स बेट’ मा गएर प्रतियोगिताका नाममा करोडौं रुपैंयाको बेटिङ हुन थालेको हो । ई सेवामार्फत करोडौ रुपैंया  जुवाका नाममा रकम विदेश जान थालेको सार्वजनिक भएपछि ईसेवाले सो प्लेटफर्म माथि कडाई थालेको छ । ई सेवाले कडाई सुरु गरेपछि सट्टेबाजको यो खेलमा संलग्न गिरोहले खल्ती प्रयोग गर्न थालेको हो ।

डिजिटल भुक्तानी प्लेटफर्म सेवा प्रदायकलाई निश्चित प्रतिशत सेवा शुल्क दिएर सट्टेबाजको अन्तराष्ट्रिय प्लेटफर्म  ‘वान एक्स बेट’ ले अनलाईन जुवा र सट्टेबाजको धन्धा चलाउँदै आएको यो खेलमा संलग्नले जानकारी गराएका छन् ।

नेपालमा सकृय गिरोहले मोवाईल एप्स ‘इमो’मा ७९२६७९७३४०२ र ७९२५९२६७८०५ नम्बर प्रयोग गरी यो अवैध खेल चलाउने गरेका छन् । यि दुई नम्बर प्रयोगकर्ताले डिजिटल भुक्तानी प्लेटफर्म उपयोग गरेवापत एकाउन्ट होल्डरलाई १३ प्रतिशत सम्म कमिशन दिने लोभ देखाएर यो धन्दाका लागि आफ्नो जालो बनाईरहेका छन् ।

सुचना तथा सञ्चार मन्त्रालय मातहतको विज्ञापन बोर्डले नेपालमा अवैध सट्टेबाज हुने गरेको विषयलाई पुष्टि गरेको छ । बोर्डले सट्टेबाजको अवैध खेलका लागि डिजिटल प्लेटफर्म उपयोग भएको भन्दै सो विषयका विज्ञापन रोक्न निर्देशन दिएको छ ।

अवैध सट्टेबाजका लागि भईरहेका सुचना तथा विज्ञापन मुलक सामाग्री विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा (१) को खण्ड (ख) को व्यवस्था विपरीत भएको भन्दै तत्काल बन्द नगरे कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

यसरी खेलिन्छ सट्टेबाज

फुटबल र क्रिकेटका ठुला खेलमा हार– जित , गोल संख्या र रन लगायतमा अनुमानका भरमा बाजी राख्ने गरिएको छ । प्रतियोगिता सुरु हुने समय सम्मको समयसिमा दिएर वान एक्स बेटले अवैध यो कारोवार चलाउँदै आएको छ । विश्वका कयौं मुलुकमा इन्टरनेटको माध्यमबाट आफ्नो जालो विछ्याइएको बेटमा पछिल्लो समयमा भारत र नेपाल सहितका दक्षिण एसियाली मुलकका लाखौ व्यक्ति सहभागि हुन थालेका छन् ।

वान एक्स् बेटमा जुवा खेल्नेले आफ्नो व्यक्तिगत विवरण खुल्ने कागजात अपलोड गरेपछि यो खेल खेल्ने अनुमति प्राप्त हुन्छ । आफ्नो सबै विवरण अपलोड गरेपछि मात्रै वान एक्स बेटले प्रयोगकर्तालाई डिजिटल भुक्तानी प्लेटफर्म मार्फत् हाल्ने तथा पैसा निकाल्न पाउने बनाएको छ ।

नेपालबाट अहिले सर्वाधिक डिजिटल भुक्तानी प्लेटफर्म खल्तीबाट सट्टेबाजको यो गिरोहका एजेन्टसम्म पैसा पुग्ने र जितेको रकम पनि खल्तिबाटै प्राप्त हुने गरेको छ ।