बिर्तामोड / झापाको बिर्तामोडमा मुख्य कार्यालय रही प्रदेश एकमा कारोवार गरिरहेको एक्सल डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सेयर निश्कासनका लागि बैंकले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

बैंकले १०.३ अनुपातमा हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत जेठ २७ गते बोर्डमा आवेदन दिएको हो । बोर्डमा दिएको आवेदन अनुसार बैंकले २४ लाख ३३ हजार ३६३ कित्ता हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ ।

OM Sai Pathibhara Hospital

हकप्रद सेयर निश्कासनका लागि बैंकले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटललाई नियुक्त गरेको जनाएको छ ।