विरानगर / प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रका लागि ३ अर्ब २५ करोड बजेट विनियोजन गरेको जानकारी गराएका छन्  ।

प्रदेश सभामा बजेट प्रस्तुत गर्दै उनले मेची अस्पताल भद्रपुरलाई २०० सय बेड, जिल्ला अस्पताल पाँचथरलाई १०० वेड , जिल्ला अस्पताल धनकुटालाई १०० वेड र अन्य जिल्लाका अस्पताललाई ५० बेडमा स्तरोन्नति गर्ने बताएका छन् ।

OM Sai Pathibhara Hospital

कोरोना महामारीको रोकथाम तथा नियन्त्रण र उपचारका लागि बजेटमा  ४४ करोड बजेट विनियोजन गरिएको छ ।

विराटनगर स्थित कोरोना संक्रमितको उपचार हुँदै आएको कोसी कोभिड अस्पताललाई  प्रादेशिक प्रसूति गृह बनाउन पनि नयाँ बजेट व्यवस्था गरिएको छ ।

त्यसैगरी शिक्षा क्षेत्रको लागि एक अर्ब १९ करोड विनियोजन गरिएको छ । बजेटमा कृषि क्षेत्रको लागि २ अर्ब ९० करोड बजेट छुटयाईएको छ ।