गाईघाट / सरकारी लगानीको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । भर्चुअल माध्यममा आइतबार सम्पन्न साधरण सभाले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको हो ।

नाम चलेको गैडा सिमेन्ट उत्पादन गर्दै आएको उद्योगको साधरण सभाले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।

OM Sai Pathibhara Hospital

उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय बराबरको सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने उद्योगका अध्यक्ष बलराम रिजालले राखेको विशेष प्रस्ताव सभाले पारित गरेको हो ।

साधारणसभाले उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने  पनि निर्णय गरेको छ । उद्योगको अधिकृत पुँजी ४ अर्बबाट वृद्धि गरी १० अर्ब पुर्याउने प्रस्ताव साधारण सभाबाट पारित भएको छ ।