बिर्तामोड/ सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०७८ / ०७९ को बजेट सार्वजनिक गर्दैछन् । सातै प्रदेशका अर्थमन्त्रीले आज प्रदेश सभा बैठकमा बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

संविधानमा प्रत्येक बर्षको असार १ गते आर्थिक बर्षको बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको छ । नीति तथा कार्यक्रम पारित गरिसकेका प्रदेश १,२, वागमती र लुम्बिनीका अर्थमन्त्रीले आज दिउँसो ३ बजे बस्ने प्रदेश सभामा बैठकमा बजेट पेश गर्दै छन् ।

OM Sai Pathibhara Hospital

कर्णाली र गण्डकी प्रदेशमा भने सरकार फेरबदल भएकाले सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम नै प्रस्तुत गरेको छैन । कर्णाली र गण्डकी प्रदेशले आज नै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेका छन् ।