बिर्तामोड / पछिल्लो समयमा निरन्तर मुल्य बढिरहेको कच्चा खाने तेलको अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको छ। मूल्य घट्न थालेपछि नेपाली उध्योगिलाई करोडौं रुपैंया नोक्सान हुने भएको छ ।

महँगो मुल्यमा खरिद गरेको तेल सस्तो मूल्यमा बेच्ने अवस्था आउने भन्दै तेल आयातकर्ता उध्योगीले करोडौं रुपैंया नोक्सान हुने भएको बताएका छन् । अन्तराष्ट्रिय बजारमा मूल्य आकाशिएपछि नेपालमा पनि मुल्य बढेको बताउँदै आएका उध्योगी मुल्य घटेकाले मूल्य घटाउनै पर्ने वाध्यतामा छन् ।

OM Sai Pathibhara Hospital

अन्तराष्ट्रिय बजारमा नेपालमा आयात हुने गरेको कच्चा सोया तेल र सूर्यमुखीको तेलमा  प्रति टन ३ सय डलर मूल्य घटेको छ । नेपालमा अर्जेन्टिना र ब्राजिलबाट लगायतका मुलुकबाट कच्चा तेल आयात हुने गरेको छ ।  एक साता अघि प्रति टन १ हजार ४ सय ७५ डलर सम्म रहेको सोया तेलको मूल्य सोमबार यता १ हजार २ सय अमेरिकी डलरमा झरेको छ।

कच्चा सूर्यमुखीको तेलको मूल्य  एक साता अघि प्रति टन १ हजार ६ सय ५० डलर रहेकोमा सोमबार यता प्रति टन १ हजार ३ सय २५ डलर मा झरेको छ । सूर्यमुखीको कच्चा तेल रसिया र युक्रेनबाट आयात हुने गरेको छ ।

तेल आयातका लागि खोलिएको एलसी र बन्दरगाहा सम्म आईपुगेको तेल ६० हजार टन नेपाल आउन बाकी रहेको उनीहरुले दावी गरेका छन् । मूल्य घटाउनु पर्ने दवावमा रहेका उनीहरुले महँगो मूल्यमा किनेको तेल सस्तोमा बेच्न नसकिने बताएका छन् । महँगो मूल्यमा आयात भएको तेलको मूल्य अन्तराष्ट्रिय बजारमा घट्दा नेपाली उद्योगीलाई करिव १ अर्ब ८० करोड रुपैंया घाटा भएको उनीहरुको भनाई छ ।

नेपाली उद्योगीले अन्तर्राष्ट्रिय बजार मूल्य देखाएर साप्ताहिक रुपमा नै मूल्य वढाउँदै आएकाले उनीहरु माथि मूल्य घटाउनै पर्ने दवाव भएको छ ।

अमेरिकी बजारमा वायोफ्युलका रूपमा भटमासको तेल प्रयोग नहुने हल्लाले मूल्य घटेको अनुमान गरिएको छ । अमेरिकी राष्ट्रपति बाइडनले मंगलबार आज बायोफ्युल सम्बन्धी निर्णय गर्ने भएकाले मूल्य घटेको उध्योगीले जानकारी गराएका छन् ।  स्