काठमाडौं / नेपाल स्टक एक्सचेञ्जमा आइतबार हालसम्म कै उच्च कारोबार भएर नयाँ रेकर्ड बनेको छ । आईतवार १९ अर्ब ५५ करोड १ लाख रुपैंयाको कारोबार भएको हो ।

गत २०७८ जेठ २३ गते आइतबार १७ अर्ब २७ करोड १७ लाख रुपैंया बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ४५ वटा कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि समेत भएको छ ।      

OM Sai Pathibhara Hospital

आईतवार नेप्से ३८.३२ अंकले बढेर दुई हजार नौ सय ८३ दशमलब ११ विन्दुमा पुगेको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ४.१५ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ४० मा झरेको छ । सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको कारोबार भएको छ । यस कम्पनीको ७२ करोड २९ लाख ७६ हजार २६७ रुपैयाँ बराबरको कारोबार भएको हो ।  

४० वटा कम्पनीमा सर्किट

यो साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्जमा ४० वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् । आइतबार शिखर इन्स्योरेन्स कम्पनी बाहेकका सबै साना कम्पनीको शेयरमा सर्किट लागेको छ ।  

123

1234