आर्थिक

    Showing 3,901-3,910 of 4,335 items.
  • कालो धन :बिश्वका यी नेता, जस्को छ ट्याक्स हेभन मुलुकमा लगानी

    बिर्तामोड / हालसम्मै ठूलो सङ्ख्यामा चुहिएका वित्तीय दस्तावेजहरूको अध्ययनले विश्व नेता, राजनितिज्ञ र अर्बपतिहरूका गोप्य धन तथा कारोबारबारे खुलासा गरेको छ।करिब ३५ वर्तमान र पूर्वनेता तथा ३०० भन्दा बढी सार्वजनिक अधिकारीका विवरण ुप्यान्डोरा पेपर्सु नाम दिइएको देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीहरूका फाइलमा फेला परेको छ।ती कागजपत्रले जोर्डनका राजाले यूके र अमेरिकाका सम्पत्तिबाट सात करोड पाउन्ड गोप्य रूपमा जम्मा गरेको देखाउँछ।त्यसबाहेक पूर्वब्रिटिश प्रधानमन्त्री टोनी ब्लेयर र उनीकी श्रीमतीले लन्डनस्थित कार्यलय खरिद गर्दा सम्पत्ति खरिदसम्बन्धी करबाट ३ लाख १२ हजार पाउन्ड जोगाएको भनिए

    • प्रकाशित मितिः असोज १८, २०७८
    • 155 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि

    बिर्तामोड / भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । आइओसीले निगमलाई अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । नेपाल आयल निगम (एनओसी)लाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । आइओसीले  निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमल

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 154 पटक पढिएको
  • सुनचाँदीको मूल्यमा वृद्धि, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलाको दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार छ सय रुपैयाँ थियो । शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ पुगेको र तेजाबी सुनको मूल्य आज ८९ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १७, २०७८
    • 134 पटक पढिएको
  • विद्युत प्राधिकरणले अरुण –४ आयोजना आफै निर्माण गर्ने

    बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले सङ्खुवासभामा मात्रै करिब चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ । प्राधिकरणले अरुण र उसका सहायक नदीमा गरी विभिन्न आठ वटा आयोजनाबाट चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको हो । प्रधिकरणले हालसालै ४९० मेगावटको अरुण –४ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने उक्त आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना हो।विद्युत विकास विभागले एक वर्ष अघिनै अरुण –४ आयोजनाको क्षेत्र निर्धाणरण गरेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ।प्राधिकरणले संखुवासभामा १०६१ मेगावाटको माथिल्लो अरुण र ३० मेगावा

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 171 पटक पढिएको
  • बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

    बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । त्यस्तै हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 174 पटक पढिएको
  • म्याद गुज्रेका सामान बेच्ने ६ व्यापारी कारबाहीमा

    सिराहा / म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारी कारबाहीमा परेका छन् । चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारी कारबाहीमा परेका हुन् । अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोसी नगरपालिका –१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्य

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 162 पटक पढिएको
  • अब सनराइज बैंकको पेरोल ऋण योजना अन्तर्गत बिना धितो १५ लाख सम्म ऋण पाइने

    काठमाडौं//सनराइज बैंक लिमिटेडले ‘पेरोल लोन’ सुविधा ल्याएको छ।विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइजले ‘पेरोल ऋण’ योजना ल्याएको हो।  सनराइज बैंकमा पेरोल सेभिङ खाता भएका ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सकिने बताइएको छ। कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ ।उक्त योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको र रु १० लाख सम्मको ट्रम लोन  गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने बताइएको छ ।कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ । त्यसै गरि सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर म

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 280 पटक पढिएको
  • ३४ लाखको कपडासहित ट्याक्टर नियन्त्रणमा

    विराटनगर / विराटनगर भन्सार कार्यालयबाट जाँचपास गराएर निस्किएको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले विराटनगर महानगरपालिका –१६ पारिजात चोकबाट नियन्त्रणमा लिएको छ। भन्सारबाट जाँचपास गराएर निस्किएको ३४ लाख बराबरको कपडा बोकेको उक्त ट्याक्टरमा भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) मा गाडी नम्बर उल्लेख नभएको पाइएपछि प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिएको बीआर ३८ डी ३४४७ नम्बरको ट्याक्टर र ३४ लाखको लत्ताकपडा अनुसन्धानको लागि इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । पौडेलका अनु

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 571 पटक पढिएको
  • मुख्यमन्त्रीकाे कार्यालयमा अख्तियारको छापा

    जनकपुरधाम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ । बर्दिबासस्थित अख्तियार कार्यालयको सहकार्यमा केन्द्रबाट खटिएको टोलीले आज (बुधबार) दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरूलाई गरिएको साइकल वितरणमा अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको बताइएको छ । साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले कागजात अनुसन्धानका लागि छापा मारेको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले जानकारी दिए । रिसालल

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 298 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.