जनकपुरधाम / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेको छ ।

बर्दिबासस्थित अख्तियार कार्यालयको सहकार्यमा केन्द्रबाट खटिएको टोलीले आज (बुधबार) दिउँसो मुख्यमन्त्री कार्यालयमा छापा मारेको हो । 

OM Sai Pathibhara Hospital

प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छात्राहरूलाई गरिएको साइकल वितरणमा अनियमितता भएको भन्दै अख्तियारले छापा मारेको बताइएको छ । 

साइकल खरिद र वितरण कार्यमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले कागजात अनुसन्धानका लागि छापा मारेको अख्तियारका प्रवक्ता (सहसचिव) नारायणप्रसाद रिसालले जानकारी दिए । 

रिसालले मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात जफत गरेको बताए । 

प्रदेश २ सरकारले २०७५ साल मङ्सिरबाट  ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान सुरु गरेको थियो । सो क्रममा प्रदेश –२ सरकारले ११ करोड १७ हजार मूल्य बराबरको साइकल किनेको थियो ।