काठमाडौं//सनराइज बैंक लिमिटेडले ‘पेरोल लोन’ सुविधा ल्याएको छ।

विभिन्न संघ संस्था तथा कार्यालयमा कार्यरत कर्मचारी वर्गलाई लक्षित गरी सनराइजले ‘पेरोल ऋण’ योजना ल्याएको हो।

OM Sai Pathibhara Hospital

  सनराइज बैंकमा पेरोल सेभिङ खाता भएका ग्राहकहरुले बिना धितो १५ लाख सम्मको कर्जा लिन सकिने बताइएको छ।

कर्जा लिन ग्राहक कुनै पनि संस्थाको कर्मचारी हुनुपर्ने छ ।उक्त योजना अनुसार ग्राहकहरुले अधिकतम २४ महिनाको तलब अथवा ५ लाख सम्मको र रु १० लाख सम्मको ट्रम लोन  गरी अधिकतम १५ लाख सम्मको कर्जा लिन सक्ने बताइएको छ ।

कर्जा ५ वर्ष सम्मको लागि प्रदान गरिने छ ।

त्यसै गरि सनराइज बैंकले आफ्नो १४ औं वार्षिक उत्सव र दशैंको अवसर पारेर मुद्दती खातामा सर्वाधिक १०.०७ प्रतिशत सम्मको ब्याज दिने समेत व्यवस्था गरेको  छ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६० वटा ए.टि.एम र ९१ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको  बताइएको छ ।