बिर्तामोड / भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । हरेक १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउँदै आएको आइओसीले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । 

आइओसीले निगमलाई अक्टोबर १ मा मूल्यसूची पठाइसकेको छ । नेपाल आयल निगम (एनओसी)लाई पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । 

OM Sai Pathibhara Hospital

आइओसीले  निगमलाई नयाँ मूल्यसूची पठाउँदै आएको छ । आइओसीले पठाएको सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १३९ र डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १२० रुपैयाँ हुन आउँछ ।

आयल निगमलाई पेट्रोलियम पदार्थको व्यापारमा मासिक ३ अर्ब रुपैयाँ घाटा हुन थालेको छ । आइओसीले पठाएको नयाँ मूल्यसूची अनुसार निगमलाई मासिक ३ अर्ब घाटा हुने भएको हो ।

हाल पेट्रोलको प्रतिलिटर मूल्य १३० र डिजेल–पेट्रोलको मूल्य ११३ रुपैयाँ छ । नयाँ मूल्य सूची आएपछि निगमलाई मासिक प्रतिलिटर पेट्रोलमा १८, डिजेलमा १४ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०२२ रुपैयाँ घाटा हुन्छ । जसअनुसार, निगमलाई एक महिनामा एक अर्ब ५१ करोड ४० लाख रुपैयाँ घाटा हुने प्रक्षेपण छ ।

त्यस्तै डिजेलमा एक अर्ब आठ करोड रुपैयाँ र पेट्रोलमा ४९ करोड ५६ लाख रुपैयाँ घाटा हुने प्रक्षेपण निगमले गरेको छ ।