बिर्तामोड / नेपाल विद्युत प्राधिकरणले सङ्खुवासभामा मात्रै करिब चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको छ ।

प्राधिकरणले अरुण र उसका सहायक नदीमा गरी विभिन्न आठ वटा आयोजनाबाट चार हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रधिकरणले हालसालै ४९० मेगावटको अरुण –४ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने उक्त आयोजना अर्धजलाशययुक्त जलविद्युत आयोजना हो।

विद्युत विकास विभागले एक वर्ष अघिनै अरुण –४ आयोजनाको क्षेत्र निर्धाणरण गरेर वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरिरहेको छ।

प्राधिकरणले संखुवासभामा १०६१ मेगावाटको माथिल्लो अरुण र ३० मेगावाटको इखुवा खोला जलविद्युत आयोजनाको पनि अध्ययन गरिरहेको छ।

त्यस्तै अरुण नदीमा अहिले ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना निर्माणाधीन छ। भारतीय कम्पनी सतलज जलविद्युत निगमले उक्त आयोजना निर्माण गरिरहेको छ। सतलजलेनै ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत आयोजना पनि निर्माण गर्दै छ।

विद्युत उत्पादन कम्पनीले ४५० मेगावाटको किमाथाङ्का अरुण, ग्रेट हाइड्रोपावरले १०९ मेगावाटको अपर बरुण आयोजनाको अध्ययन गरिरहेका छन्। एम्पिक पावरले १३२ मेगावाटको तल्लो बरुण आयोजनाको निर्माण अनुमति मागेको छ।

९०० मेगावाटको अरुण तेस्रोबाट भने सन २०२५ भित्र विद्युत उत्पादन सुरु गर्ने लक्ष्य लिइएको छ। अरुण तेस्रो र ६७९ मेगावाटको तल्लो अरुण दुवै आयोजना सतलजले निर्माण गर्ने उत्पादित विद्युत भारत निर्यात गर्ने छ।