बिर्तामोड / नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य तोलाको दुई सय रुपैयाँले बढेको छ । गत शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला ८९ हजार छ सय रुपैयाँ थियो । 

शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ पुगेको र तेजाबी सुनको मूल्य आज ८९ हजार ३५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी एक हजार १४० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।