बिर्तामोड / नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । 

हिजो (बिहीबार) ८८ हजार ७०० रुपैयाँ प्रतितोलामा किनबेच भएको छापावाल सुनको भाउ आज ९०० रुपैयाँले बढेर ८९ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

OM Sai Pathibhara Hospital

महासङ्घका अनुसार आज तेजाबी सुनको भाउ पनि प्रतितोलामा ९०० रुपैयाँले नै बढेर ८९ हजार १५० रुपैयाँ पुगेको छ । 

त्यस्तै हिजोको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ । हिजो १ हजार १२० रुपैयाँमा किनबेच भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर १ हजार १४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।