आर्थिक

    Showing 3,751-3,760 of 4,335 items.
  • बाह्रदशीको एउटै वडामा ५० लाखको सिन्चाइ सामग्री बितरण

    झापा  / बाह्रदशी गाउँपालिका – ४ का कृषकलाई अब सिञ्चाईको समस्या हल भएको छ ।केही वर्ष अघिसम्म सिञ्चाईको अभावका कारण खेतीयोग्य जमिन हिउँदको समयमा बाँझै रहने गरेका थिए । तर, बाह्रदशी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष समिम मियाले कृषिलाई प्राथमिकतामा राखेर बजेटको व्यवस्थापन गर्दै सिञ्चाईका लागि मोटर, बोरिङ कृषकलाई अनुदानमा उपलब्ध गराउन थालेसँगै सिञ्चाईको समस्या हल भएको हो ।अहिले बाह्रदशी ४ का कृषकका लागि १२० वटा विभिन्न ठाउँमा ४ इञ्चको बोरिङ गाडिएको छ भने २५० थान मोटर बितरण गरिएको छ । १५० वटा स्प्रे ट्याङ्की बितरण गरिएको छ भने कृषकका लागि २० थान थ्रेसर मेसिन समेत बितरण गरिएको वडाध्यक्ष मियाले

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 129 पटक पढिएको
  • आजको सुन चाँदी बजार भाउ

    काठमाडौँ  / आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ बढेको हो । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार  भएकोमा आज ९३ हजार १ सय सय रुपैयाँ कायम भएको हो । तेजाबी सुन भने आज ९२ हजार ३ सय  रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ । सोमबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२१० रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 150 पटक पढिएको
  • च्याउखेतीमा मन्त्री श्रेष्ठ

    तनहुँ / भानुनगरपालिका–६ बरभञ्याङमा सिताके च्याउको न्यायिकरूपमा खेती गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका कृष्णकुमार श्रेष्ठ ‘किसान’ र मुक्ति तिमिल्सेनाको संयुक्त लगानीमा सिताके च्याउखेती गरिएको हो ।करिब रु डेढ करोड लगानीमा साढे दुई रोपनी क्षेत्रफलमा च्याउखेती गरिएको गण्डकी एग्रिकल्चर फार्म प्रालिका लेखापाल सुरेन्द्र पण्डित जानकारी दिए । गण्डकी एग्रिकल्चर फार्म प्रालि दर्ता गरी गत फागुनदेखि थालिएको व्यवसायमा प्रत्यक्षरूपमा १० जनाले रोजगारी पाएका छन् ।दश हजार बढी मुढामा च्याउ उत्पादन भइरहेको उनले बताए । फार्म

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 111 पटक पढिएको
  • आज ७९ अंकले घट्याे नेप्से

    काठमाडौं  / साताकोको दोस्रो दिन आज (सोमबार)  शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको हो ।नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ । दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ । गुहेश्वर

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 117 पटक पढिएको
  • नेपालकै ठूलो सोलार प्रोजेक्ट झापा इनर्जी लिमिटेडको शिलान्यास

    झापा  / दश मेगावाट विद्युत उत्पादन गर्ने नेपालकै सबैभन्दा ठुलो सौर्य उर्जा परियोजना झापा इनर्जी लिमिटेडको शिलान्यास भएको छ । झापाको शिवसताक्षी नगरपालिका –४ शिवञ्जमा ८० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको झापा इनर्जीको शिलान्यास आज (सोमबार) एमाले नेता सुभाषचन्द्र नेम्वाङले गरेका हुन् । यहाँबाट उत्पादित विद्युत नेपाल प्राधिकरणको शिवगन्ज ग्रिडको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यस परियोजनामा ३० प्रतिशत पब्लिक शेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैङ्कले गर्ने झापा इनर्जी लिमिटेडका सञ्चालक रामचन्द्र उप्रेतीले जानकारी दिए । नेपाल सरकारबाट विद्युत उत्पादन अनुमति

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 124 पटक पढिएको
  • शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौं : अध्यक्ष प्रचण्ड

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन् । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका हुन् । शेयर बजार विरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहो¥याएका हुन् । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, “अध्यक्ष प्रचण्डले मन

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 111 पटक पढिएको
  • शौर्य सिमेन्टले पायो ५३ ग्रेडको अनुमति

    झापा / नेपाली बजारमा केही समयअघि देखि उपलब्ध हुन थालेको शौर्य सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको मान्यता पाएको छ । उदयपुरको चुनढुंगाबाट उत्पादित उक्त सिमेन्टलाई छोटो समयमै गुणस्तर प्रमाणिकरण गराउन उत्पादक कम्पनी सफल भएको हो । ५३ ग्रेड मान्यता पाएपछि शौर्य सिमेन्टले पुस मसान्तसम्म ग्राहकहरूलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ । सिरहा जिल्लाको मिर्चैयामा उद्योग रहेको शौर्य सिमेन्टले ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्ने गरेको छ । आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन थाल्ने प्रक्रियामा रहेको उद्योगले जनाएको छ । उद्योगले द

    • प्रकाशित मितिः मंसिर २७, २०७८
    • 145 पटक पढिएको
  • सुनको मूल्य प्रतितोला ९२ हजार ५००

    काठमाडौँ / सुनचाँदी बजारमा साताको पहिलो कारोबारका दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९२ हजार २००मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ३०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९१ हजार ७०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर रु एक हजार १९० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८३ डलर आसपास कारोबार भइरहेक

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 102 पटक पढिएको
  • मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ

    झापा / झापा जिल्लामा मोबाइल तथा गरगहना चोरी गर्ने दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ५ निवासी १८ वर्षीय कल्याण श्रेष्ठ र जिल्ला सुनसरी धरान उपमहानगरपालिका २२ पञ्चकन्या निवासी २८ वर्षीय मनकुमार वि क रहेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।प्रहरीका अनुसार मेचीनगर नगरपालिका ९ स्थित तल्लो मागुरमाडी बस्ने माधवप्रसाद घिमिरेको घरबाट नोकियाको एउटा मोबाइल, सोही ठाउँकी सङ्गीता लिम्बुको आइटेल कम्पनीको एउटा मोबाइल र सोही ठाउँकी झुमादेवी ढुङ्गाना आचार्यको घरमा पाहुना आएकी अर्जुनधारा नगरपालिका ११ निवासी शोभादेवी ढुङ्गानाका चार थान सुनको औँठी, एक थान पञ्चरत्न&nb

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 145 पटक पढिएको
  • शेयर बजार : वर्षकै न्यून बिन्दुमा नेप्से, किन्ने अवसर कि वियरिस ट्रेन्ड ?

    काठमाडौं,/  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो । त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो ।  त्यसयता शेयर बजार निरन्तर घट्दो क्रममा छ । नेप्से घट्दै बिहीबार दुई हजार ४४९ दशमलव ९७ बिन्दुमा कारोबार बन्द भएको छ ।नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्कानुसार कारोबार मापक नेप्सेका साथै कारोबार रकम पनि निरन्तर ओरालो लागेको देखिन्छ । चालू आवको पहिलो कारोबार दिन साउन ३ गते दुई हजार ९८० दशमलव ६१ बिन्दुमा बन्द भएको कारोबार भदौ पहिलो साता उच्च बिन्दु छोएर

    • प्रकाशित मितिः मंसिर २५, २०७८
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.