झापा  / दश मेगावाट विद्युत उत्पादन गर्ने नेपालकै सबैभन्दा ठुलो सौर्य उर्जा परियोजना झापा इनर्जी लिमिटेडको शिलान्यास भएको छ । 

झापाको शिवसताक्षी नगरपालिका –४ शिवञ्जमा ८० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको झापा इनर्जीको शिलान्यास आज (सोमबार) एमाले नेता सुभाषचन्द्र नेम्वाङले गरेका हुन् । 

OM Sai Pathibhara Hospital

यहाँबाट उत्पादित विद्युत नेपाल प्राधिकरणको शिवगन्ज ग्रिडको राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । यस परियोजनामा ३० प्रतिशत पब्लिक शेयर रहने र बाँकी ७० प्रतिशत लगानी माछापुच्छ्रे बैङ्कले गर्ने झापा इनर्जी लिमिटेडका सञ्चालक रामचन्द्र उप्रेतीले जानकारी दिए । 

नेपाल सरकारबाट विद्युत उत्पादन अनुमति र नेपाल विद्युत प्राधिकरणसँग विद्युत बिक्री सम्बन्धी पीपीए सम्झौता गरिसकेको झापा इनर्जीको शेयर किन्न सर्वसाधारणले पुस मसान्तभित्र अवसर पाउने छन् । 

उप्रेतीका अनुसार आगामी एक वर्षभित्र परियोजनाले विद्युत उत्पादन सुरु गरि नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन (ग्रिड)मा जोडिने छ । 

विद्युत किन्ने ग्यारेन्टी नेपाल सरकारले गरिसकेको हुँदा कम्पनीलाई बिक्रीको कुनै समस्या नभएको सञ्चालक नारायण पोखरेल बताए ।