झापा / नेपाली बजारमा केही समयअघि देखि उपलब्ध हुन थालेको शौर्य सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको मान्यता पाएको छ । 

उदयपुरको चुनढुंगाबाट उत्पादित उक्त सिमेन्टलाई छोटो समयमै गुणस्तर प्रमाणिकरण गराउन उत्पादक कम्पनी सफल भएको हो । 

OM Sai Pathibhara Hospital

५३ ग्रेड मान्यता पाएपछि शौर्य सिमेन्टले पुस मसान्तसम्म ग्राहकहरूलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ । 

सिरहा जिल्लाको मिर्चैयामा उद्योग रहेको शौर्य सिमेन्टले ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्ने गरेको छ । आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन थाल्ने प्रक्रियामा रहेको उद्योगले जनाएको छ । 

उद्योगले दैनिक ७० हजार बोरासहित ३५ सय मेट्रिकटन उत्पादन क्षमता राख्दछ, जसबाट देशभरको बजार माग सजिलै धान्न सक्ने उद्योगको दाबी छ ।