काठमाडौं  / साताकोको दोस्रो दिन आज (सोमबार)  शेयर कारोबार मापक नेप्से परिसूचकमा ७९ अंकले घटेको छ । नेप्से परिसूचक ७९ दशमलव २३ अंकले घटेर २ हजार २ सय ८२ अंकमा झरेको हो ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ दशमलव ४७ अंकले घटेको छ । नेप्से र सेन्सेटिभ दुवै घट्दा कारोबार रकम करिब ४ अर्ब पुगेको छ । 

OM Sai Pathibhara Hospital

दिनभर भएका ६२ हजार ८ सय ९ कारोबारबाट २३३ कम्पनीका ९६ लाख ७९ हजार ७२ वटा कारोबार भएका छन् । जसबाट कारोबार रकम ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १ सय ७८ रुपैयाँ भएको छ ।

बजार ठूलो अंकले घट्दा पनि केही कम्पनीहरुको शेयर मूल्य भने सोमबार राम्रै बढेको छ । गुहेश्वरी मर्चेन्ट फाइनान्सको शेयरमूल्य सोमबार ९ प्रतिशतभन्दा धेरैले बढेको छ । 

बोटलर्स नेपाल (तराई) ५ लशमव ४० प्रतिशत अर्थात एक कित्तामै ६२७ रुपैयाँले मूल्य बढ्दा युनिलिभरको ७ सय ४८ रुपैयाँ प्रतिकित्ताले शेयर मूल्य बढेको छ । माउन्टेन इनर्जीको शेयर मूल्य पनि प्रतिकित्ता ३९ रुपैयाँले बढेको छ ।

धेरै शेयर मूल्य घट्ने कम्पनीहरुमा भने स्वाभिमान लघुवित्त, दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रो, गुडबिल फाइनान्स, आँखुखोला जलविद्यतु् कम्पनीहरु देखिएक छन् । यी सबै कम्पनीहरुको शेयर मूल्य सोमबार ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।