आर्थिक

    Showing 3,701-3,710 of 4,334 items.
  • पाँच महिनामा आर्थिक सहायताका नाममा सरकारले बाँड्यो तीन करोड

    काठमाडौँ / सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा नेताहरुको उपचार खर्च र आर्थिक सहायताको नाममा तीन करोड रुपैयाँ बाँडेको छ । आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालदेखि लिएर पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार खर्च र आर्थिक सहायताका नाममा राज्यकोषबाट उक्त रकम खर्च गरेको हो । आर्थिक वर्षमा राज्यबाट आर्थिक सहयोग लिने उच्चपदस्थहरुमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सबैभन्दा बढी रकम लिएका छन् । उनले उपचार खर्चका नाममा सरकारबाट ४८ लाख ५० हजार लिएको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उपचार खर्चका नाममा सरकारले रघुजी पन्तसहित तीन जनालाई

    • प्रकाशित मितिः पुस २३, २०७८
    • 115 पटक पढिएको
  • सीआईबीले बुझायो सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन

    काठमाडौं / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । पाँच पूर्वसचिवसहित करिब साढे तीन सय ६० जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै सीआइबीले आज (बिहीबार) रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । सीआईबीले पूर्वसचिवहरू दीप बस्नेत, छविराज पन्त, युवराज भुसाल, नारायणलाल मलेगो र दिनेशहरि अधिकारीलगायत भूमाफिया किटान गरिएका रामकुमार सुवेदी  र शोभाकान्त ढकाल तथा व्यापारी मिनबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाएको छ । घटनामा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उनकी पत्नी माध

    • प्रकाशित मितिः पुस २२, २०७८
    • 123 पटक पढिएको
  • ३३ किलो सुन प्रकरण : गोरेका भाइ रमेश अदालतमा हाजिर

    विराटनगर  / मोरङको उर्लाबारीका सनम शाक्य हत्या तथा ३३ किलो सुन प्रकरणका आरोपी रमेश उप्रेतीलाई प्रहरीले आज जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ । मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौँ आइपुगेका उप्रेतीलाई प्रहरीले हिजो त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । प्रहरीले उप्रेतीलाई आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो । अदालत उपस्थित गराएको रमेशको भोलि मोरङ अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ ।रमेश साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ हुन् । दुबईबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका उनी युए

    • प्रकाशित मितिः पुस २१, २०७८
    • 135 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं / आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएको हो ।  बढेको मूल्यअनुसार बजारमा छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ । गत हप्ताको शुक्रबार छापावाला सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँ र चाँदी एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य समेत तोलामा ७०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    • प्रकाशित मितिः पुस १८, २०७८
    • 142 पटक पढिएको
  • गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान सुरु गर्दै

    काठमाडौं / निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबार (पुस १८ गते) देखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि रु आठ हजार ५४५, नौ हजार ५४५ र ११ हजार ४२० भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ः३० बजे काठमाड

    • प्रकाशित मितिः पुस १७, २०७८
    • 109 पटक पढिएको
  • इलामको जुनतारा सामुदायिक वनका तत्कालीन अध्यक्षविरुद्ध मुद्दा

    इलाम / इलामको माईनगरपालिका –९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको आरोपमा थेबे विरुद्ध मुद्दा दायर गरेको हो । अनुसन्धानको क्रममा थेबेले वन समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई वन समूहको काठ दिने प्रलोभन दिएर ठेकदार तथा स–मिलसँग रकम असुली गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ । यसैगरी थेबेले कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको पनि आरोप पत्रमा उल्लेख छ ।

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 142 पटक पढिएको
  • राठीको ७० टन सुपारी कोलकातामै रोकियो

    विराटनगर / विराटनगरका व्यवसायी दिनेश राठीले इन्डोनेसियाबाट अम्बे भवानी ट्रेड लिंक फर्मको नाममा आयत गरेको ७० टन सुपारी विगत तीन महिनादेखि कोलकाता बन्दरगाहमा अड्किएको छ।केपी शर्मा ओलीका पालाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जारी गरेको कोटामा आयात गरेको सुपारीलाई राष्ट्र बैंकको निर्देशनमा लक्ष्मी बैँकले भुक्तानी नदिएका कारण बन्दरगाहमा अड्किएको हो। राष्ट्र बैंकले गत्त कात्तिक १२ गते सबै वाणिज्य बैंकलाई परिपत्र जारी गर्दै वाणिज्य विभागले जारी गरेको अनुमति पत्र अन्तर्गत आयात गरिएका मालवस्तुको विदेशी मुद्राको सटही सुविधा फुकुवा गरेको थियो। तर अर्थ मन्त्रालयको हस्तक्षेपका

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 334 पटक पढिएको
  • तोलामा ६ सय बढ्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज सुन प्रतितोला ६ सय रुपैयाँले बढेर ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन ९२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    • प्रकाशित मितिः पुस १६, २०७८
    • 144 पटक पढिएको
  • मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी का अध्यक्ष पक्राउ

    काठमाडौं ।काठमाडौंको मैतीदेवीमा रहेको एक सहकारी संस्थाका अध्यक्षलाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कँडेल रहेका छन्। बाग्लुङ जिल्लाको साविक बिहु गाविस–२ (हाल काठखोला गाउँपालिका–६) स्थायी घर भई काठमाडौं महानगरपालिका–२८ बागबजार बस्दै आएका ५२ वर्षीय कँडेल बैंकिङ कसुरमा पक्राउ परेका हुन्। काठमाडौं बस्ने वर्ष ५७ वर्षीय व्यक्तिले दिएको मुद्धा जाहेरीका आधारमा उनलाई काठमाडौं महानगरीय प्रहरी विभाग सिंहदरबारले बागबजारबाट पक्राउ गरेको हो। मुद्धा जाहेरी परेपछि सहकारीका सचिव एवम् संस्थापक सदस्य टीकाराम गौतम भने फरार भएका छन् ।गौतमको

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 160 पटक पढिएको
  • दुई करोडको चेक अनियमितता गरेकाे आरोपमा एसएसपी सिंहमाथि छानबिन

    काठमाडौँ / चेक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एसएसपी अशोक सिंहमाथि छानबिन सुरु भएको छ । सिंह महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख हुँदा चेक अनियमितताको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको हो । सिंहको छानविन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन्।सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए । गृह मन्त्रालयले छानबिन ग

    • प्रकाशित मितिः पुस १५, २०७८
    • 141 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.