काठमाडौं ।काठमाडौंको मैतीदेवीमा रहेको एक सहकारी संस्थाका अध्यक्षलाइ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामप्रसाद कँडेल रहेका छन्।

OM Sai Pathibhara Hospital

बाग्लुङ जिल्लाको साविक बिहु गाविस–२ (हाल काठखोला गाउँपालिका–६) स्थायी घर भई काठमाडौं महानगरपालिका–२८ बागबजार बस्दै आएका ५२ वर्षीय कँडेल बैंकिङ कसुरमा पक्राउ परेका हुन्।

काठमाडौं बस्ने वर्ष ५७ वर्षीय व्यक्तिले दिएको मुद्धा जाहेरीका आधारमा उनलाई काठमाडौं महानगरीय प्रहरी विभाग सिंहदरबारले बागबजारबाट पक्राउ गरेको हो।

मुद्धा जाहेरी परेपछि सहकारीका सचिव एवम् संस्थापक सदस्य टीकाराम गौतम भने फरार भएका छन् ।

गौतमको खोजी शुरु गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले जानकारी गराएका छन् ।

उनीहरूमाथि करोडौंको ठगी गरेको आरोप छ। 

२०७८ असार ३१ गते १५ लाखको बैंकिङ कसुरमा मुद्धा जाहेरी दर्ता भएपछि २०७८ साल पुसको ११ गते बागबजारबाट कँडेललाई पक्राउ गरेको प्रहरी प्रवक्ता मैनालीले जनाएका छन् ।

उनीमाथि मानापाथी र त्रिपल एम नामक दुई वटा सहकारी एकीकरण भएर बनेको मानापाथी त्रिपल एम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कँडेल पक्राउ गरेपछि सञ्चालक समितिका अन्य सदस्यहरू भूमिगत भएका छन् ।

सहकारीको कार्यालय बन्द अवस्थामा रहेको पीडितहरूले बताएका छन् ।

निक्षेपकर्ताहरूको करोडौं रुपियाँ उठाएर अध्यक्ष कँडेल नै बैंकिङ कसुरमा पक्राउ परेपछि सहकारी जोखिममा परेको छ ।पीडितहरूले आफ्नो रकम माग गर्दा अध्यक्ष कँडेल र सचिव गौतमले नदिएको गुनासो छ ।

सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका संस्थापक अध्यक्ष इच्छाराज तामाङसहितका व्यक्तिहरूलाई प्रहरीले केहि दिन अघि पक्राउ गरेको थियो।