विराटनगर  / मोरङको उर्लाबारीका सनम शाक्य हत्या तथा ३३ किलो सुन प्रकरणका आरोपी रमेश उप्रेतीलाई प्रहरीले आज जिल्ला अदालत मोरङमा उपस्थित गराएको छ । 

मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौँ आइपुगेका उप्रेतीलाई प्रहरीले हिजो त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । प्रहरीले उप्रेतीलाई आज (बुधबार) विराटनगर ल्याएर अदालतमा उपस्थित गराएको हो । 

OM Sai Pathibhara Hospital

अदालत उपस्थित गराएको रमेशको भोलि मोरङ अदालतमा बयान हुने र सोही दिन थुनछेक बहस हुने अदालतले जनाएको छ ।

रमेश साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको मुख्य आरोपी चुडामणि उप्रेतीका भाइ हुन् ।

दुबईबाट सुन नेपाल पठाउने गरेको आरोप लागेका उनी युएईमा बस्दै आएका थिए ।