विराटनगर / विराटनगरका व्यवसायी दिनेश राठीले इन्डोनेसियाबाट अम्बे भवानी ट्रेड लिंक फर्मको नाममा आयत गरेको ७० टन सुपारी विगत तीन महिनादेखि कोलकाता बन्दरगाहमा अड्किएको छ।

केपी शर्मा ओलीका पालाका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जारी गरेको कोटामा आयात गरेको सुपारीलाई राष्ट्र बैंकको निर्देशनमा लक्ष्मी बैँकले भुक्तानी नदिएका कारण बन्दरगाहमा अड्किएको हो। 

OM Sai Pathibhara Hospital

राष्ट्र बैंकले गत्त कात्तिक १२ गते सबै वाणिज्य बैंकलाई परिपत्र जारी गर्दै वाणिज्य विभागले जारी गरेको अनुमति पत्र अन्तर्गत आयात गरिएका मालवस्तुको विदेशी मुद्राको सटही सुविधा फुकुवा गरेको थियो। 

तर अर्थ मन्त्रालयको हस्तक्षेपका कारण राष्ट्र बैंकले भोलिपल्ट मंसिर १३ गते उक्त परिपत्र फिर्ता लिएपछि बैंकले भुक्तानी नदिएको हो ।   

वाणिज्य विभागले २०७८ असार मसान्तभित्र सिपमेन्ट भइसक्नुपर्ने सर्त राख्दै गत वर्ष केराउ, सुपारी, छोकडा र मरिचको कोटा वितरण गरेको थियो। तर। राठीले भदौ २९ गते मात्र सिपमेन्ट भरेका कारण सुपारी आयतमा रोक लगाइएको हो ।