काठमाडौँ / चेक अनियमितताको आरोप लागेका नेपाल प्रहरीका एसएसपी अशोक सिंहमाथि छानबिन सुरु भएको छ । 

सिंह महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुख हुँदा चेक अनियमितताको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले छानविन सुरु गरेको हो । 

OM Sai Pathibhara Hospital

सिंहको छानविन गर्न प्रहरी प्रधान कार्यालयले डीआईजी राजेशलाल कर्णको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन्।

सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए । 

गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो ।