काठमाडौं / प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । 

पाँच पूर्वसचिवसहित करिब साढे तीन सय ६० जनालाई प्रतिवादी बनाएर कारबाहीको माग गर्दै सीआइबीले आज (बिहीबार) रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको हो । 

OM Sai Pathibhara Hospital

सीआईबीले पूर्वसचिवहरू दीप बस्नेत, छविराज पन्त, युवराज भुसाल, नारायणलाल मलेगो र दिनेशहरि अधिकारीलगायत भूमाफिया किटान गरिएका रामकुमार सुवेदी  र शोभाकान्त ढकाल तथा व्यापारी मिनबहादुर गुरुङलगायतलाई प्रतिवादी बनाएको छ । 

घटनामा प्रहरीले हालसम्म रामकुमार सुवेदी र उनकी पत्नी माधवीलाई मात्रै पक्राउ गरेको छ । अन्य सबैलाई फरार प्रतिवादी बनाएर सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर हुनेछ ।

पञ्चायतकालमा सरकारले कानुन बमोजिम अधिग्रहण गरेकोमध्ये २०४९ सालदेखि २०६९ सालको बीचमा १४३ रोपनी ६ आना ३ पैसा ३ दाम जग्गा हडपिएको जनाएको छ । 

अहिले यो जग्गाको न्यूनतम मूल्य १३ अर्ब ७६ करोडभन्दा बढी हुने गरी काठमाडौं महानगरपालिकाले मूल्यांकन गरेको छ ।