इलाम / इलामको माईनगरपालिका –९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिना गरेको आरोपमा थेबे विरुद्ध मुद्दा दायर गरेको हो । 

OM Sai Pathibhara Hospital

अनुसन्धानको क्रममा थेबेले वन समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई वन समूहको काठ दिने प्रलोभन दिएर ठेकदार तथा स–मिलसँग रकम असुली गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ । 

यसैगरी थेबेले कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी रकम निकालेर हिनामिना गरेको पनि आरोप पत्रमा उल्लेख छ ।