भद्रपुर। वैदेशिक रोजगारीका क्रममा भएका ठगी, घरेलु हिंसा, श्रम स्वीकृतिसम्बन्धी समस्या तथा उद्धारका गुनासा लिएर बिर्तामोड नगरपालिकामा आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । बिर्तामोड नगरपालिकाका रोजगार संयोजक होमनाथ भट्टराईका अनुसार वैदेशिक रोजगारीमा गएका महिलाले विशेषगरी कुवेतलगायत मुलुकमा घरेलु हिंसामा परेको, एजेन्टबाट ठगिएको तथा प्रवेशाज्ञाको वैधानिकताबारे जानकारी लिन नगरपालिकामा आउने गरेका छन् ।“विसं २०८० यता करिब दुई हजारभन्दा बढीले वैदेशिक रोजगारीसम्बन्धी परामर्श लिएका छन्”, भट्टराईले भन्नुभयो, “वार्षिक चार सयदेखि पाँच सय जना श्रम स्वीकृतिको सहजीकरणका लागि रोजगार सेवा केन्द्रमा आउन
काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा निर्माणाधीन बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनाको दोस्रो चरणको निर्माणमा भएको भनिएको अनियमितता सम्बन्धी प्रकरणमा मधेश प्रदेश सरकारका तत्कालीन अर्थमन्त्री, तत्कालीन सचिव, बागमती नगरपालिकाका पूर्वपदाधिकारी तथा निर्माण व्यवसायीसहित सात प्रतिवादीविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगका अनुसार बागमती नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजनाका लागि परामर्शदातामार्फत विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गराएको थियो।सो आयोजना नगर विकास कोषले प्राविधिक, वातावरणीय र आर
काठमाडौं / कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका—५ बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका—७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका—३ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका—२ घर भएका ४७ वर्षीय अमृत मगर रहेका छन् । पक्राउ मध्ये हरि बहादुरले कम्बोडिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपैयाँ र अमृतले न्यूजिल्याण्ड पठाइ
काठमाडौं । औद्योगिक प्रयोजनका लागि लिएको करोडौं रुपैयाँको बैंक कर्जा अन्यत्र लगानी गरिएको आरोपमा बैंकिङ कसुर मुद्दा खेपिरहेका व्यवसायी दीपक भट्ट र जगदम्बा समूहका शङ्करलाल अग्रवालसहितका प्रतिवादीको उच्च अदालत पाटनमा बयान सुरु भएको छ। बहुचर्चित ४२ करोड रुपैयाँभन्दा बढीको कर्जा दुरुपयोग प्रकरण अब अदालतमा प्रवेश गरेको हो।उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासमा बिहीबारदेखि इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा स्टिल्सका सञ्चालक शङ्करलाल अग्रवाल, शुलभ अग्रवाल र शाहिल अग्रवालको बयान लिन थालिएको हो।उनीहरूविरुद्ध उच्च सरकारी वकिल कार्यालयले जेठ
सिरहा । कर परीक्षणको नाममा सेवाग्राहीसँग लाखौँ रुपैयाँ घुस मागेको आरोपमा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाल अख्तियारको फन्दामा परेका छन्। ५ लाख रुपैयाँ घुस बुझ्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयभित्रै रंगेहात पक्राउ गरेको हो।स्रोतका अनुसार आर्थिक वर्ष २०७८-७९ को पूर्ण कर परीक्षण ९फुल अडिट० गरिरहेको एक कम्पनीसँग पालले सुरुमा १२ लाख रुपैयाँ मागेका थिए। रकम दिए कर परीक्षण सहज बनाइदिने र माथिल्लो तहका कर्मचारीलाई पनि मिलाउनुपर्ने भन्दै उनले आर्थिक लेनदेनको प्रस्ताव राखेको आरोप छ।कम्पनीले आर्थिक अवस्था कमजोर रहेको बताएपछि कथित ‘बार्गेनिङ’ हुँ
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले उनलाई काठमाडौं महानगरपालिका–७ सिफल क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनी बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत दर्ता भएको मुद्दामा फरार प्रतिवादीका रूपमा खोजीमा रहेका थिए।सिआइबीका अनुसार रिमालको नाम दिपक भट्टसँग सम्बन्धित मुद्दामा जोडिएको छ। जिल्ला अदालत काठमाडौंमा जेठ २८ गते मुद्दा दायर हुँदा उनी फरार रहेकाले फरार प्रतिवादीकै रूपमा अभियोगपत्र पेश गरिएको थियो।लामो समयदेखि सम्पर्कविहीन रहेका रिमाललाई पक्राउ गरेपछि प्रहर
सिराहा— लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट लागू औषध (गाँजा जस्तो देखिने पदार्थ)बोकेको गाडीसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साँझ ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो । श्याम कुमारी साहको घर अगाडि पार्किङ गरिएको बा.२१.च ५८६६ नम्बरको योद्धा पिकअप गाडी शंकास्पद देखिएपछि खानतलासी गर्दा पछाडिको भागमा नास्पातीका क्रेटहरूभित्र लुकाइएको सेतो प्लाष्टिकका बोरामा लागू औषध फेला परेको थियो ।बरामद सामग्रीमा गाँजा जस्तो देखिन
काठमाडौं । चर्चित उद्योगपति तथा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार काठमाडौंको डिल्लीबजार क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको हो।सीआईबीका अनुसार अग्रवालविरुद्ध बैंकिङ कसुरको मुद्दा उच्च अदालत पाटनमा विचाराधीन रहेको छ। सोही मुद्दाको प्रक्रियाअन्तर्गत पक्राउ गरिएका उनलाई आवश्यक कानुनी कारबाहीका लागि अदालतमा उपस्थित गराइएको छ।प्रहरीले पक्राउको पुष्टि गर्दै मुद्दा न्यायिक प्रक्रियामै रहेकाले अनुसन्धान र अदालतको आदेशअनुसार थप प्रक्रिया अघि बढ्ने जनाएको छ।उद्योग तथा व्यापारिक क्षेत्रमा परिचित
काठमाडौं । कालीकोटको पलाँता गाउँपालिकामा आठ वर्षअघि निर्माण गरिएको सडक योजनामा कम काम गरेर बढी काम भएको देखाउँदै सरकारी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनप्रतिनिधि, कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरिएको बेलकेढुङ्गा–लेखनवाडा–दुर्सी पागोटी सडक निर्माणका लागि ४० लाख रुपैयाँ बजेट छुट्याइएको थियो। कागजमा १,२०० घनमिटर ग्याभिन जाली भरिएको उल्लेख गरी कार्यसम्पन्न प्रतिवेदन तयार पारियो र त्यसकै आधारमा ३८ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरियो।तर, अख्त
काठमाडौं। अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्।अनुसन्धानका क्रममा पक्राउ परेकामध्ये एक जना पूर्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी०, अर्का हास्यव्यंग्य कलाकार र तेस्रो व्यक्ति दलालको भूमिकामा रहेको प्रहरीले जनाएको छ। उनीहरूले हिरासतमा रहेका चिनियाँ नागरिकलाई रिहा गराइदिने र थप राहदानीको समेत व्यवस्था मिलाइदिने प्रलोभन देखाएर सुरुमा ७२ लाख रुपैयाँ मागेका थिए।पछि मोलमोलाइ गर्दै ९ लाख रुपैयाँ लिएपछि पीडित पक्षले उजुरी दिएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीनै
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.