अपराध

    Showing 791-800 of 2,232 items.
  • ८ सय किलोभन्दा बढी गाँजासहित एक युवक पक्राउ

    सप्तरी— सप्तरीको छिन्नमस्ता गाउँपालिका–४ मा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक जनालाई पक्राउ गरेको छ। बरामद गरिएको गाँजाको तौल करिब ८ सय २४ किलो ६ सय ग्राम रहेको प्रहरीले जनाएको छ।पक्राउ पर्ने व्यक्ति राजविराज नगरपालिका–११ का २९ वर्षीय रामकुमार यादव हुन्। उनलाई बुधबार बिहान सवारी जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।जिल्ला प्रहरी कार्यालय सप्तरी तथा इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको संयुक्त टोलीले को १ च ९६६५ नम्बरको पिकअप गाडी जाँच गर्दा ३२ वटा पोका गाँजा फेला पारेको थियो। सोही गाडीका चालक यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 471 पटक पढिएको
  • फैसला कार्यान्वयनका लागि दाङ प्रहरी सक्रिय, २७ फरार प्रतिवादी पक्राउ

    दाङ— जिल्ला प्रहरी कार्यालय दाङले अदालतका फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने उद्देश्यसहित फरार प्रतिवादी खोजतलास अभियानलाई तीव्र बनाएको छ।अभियानअन्तर्गत एक साताको अवधिमा विभिन्न मुद्दामा फरार रहेका २७ जना प्रतिवादी पक्राउ परेका छन्। पुस १ गतेदेखि पुस ७ गतेसम्म जिल्ला प्रहरी तथा मातहतका प्रहरी टोली परिचालन गरी खोजतलास गर्दा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।पक्राउ परेका प्रतिवादीहरूबाट कुल तीन लाख ७६ हजार ८५३ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको प्रहरीले जनाएको छ। साथै उनीहरूलाई चार वर्ष ६ महिना १५७ दिनको कैद सजाय तोकिएको छ।प्रहरीका अनुसार

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 475 पटक पढिएको
  • टर्कीएमा भ्रष्टाचारविरुद्ध कडा कारबाही, २२ नगरपालिका अधिकारी पक्राउ

    इस्तानबुल— टर्कीए प्रहरीले २२ जना नगरपालिका अधिकारीलाई घूसखोरी र भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ ।इस्तानबुल एनाटोलियन प्रमुख जनरल अभियोजन कार्यालयका अनुसार शिले जिल्लामा कार्यरत ती अधिकारीहरूको घरमा एकैसाथ छापा मारिएको हो । उनीहरूलाई ‘अपराध उद्देश्यका लागि सङ्गठन निर्माण’ गर्नु, ठगी, घूसखोरी र बोलपत्र मिलाउने जस्ता आरोपमा संलग्न भएको आरोप छ ।यसअघि, सन् २०२५ को जुलाईमा शिले नगरपालिका प्रमुख ओजगुर काबाडाईसहित ६ जना अधिकारीलाई यस्तै आरोपमा नियन्त्रणमा लिइएको थियो ।पक्राउहरू यस वर्षदेखि इस्तानबुल र अन्य प्रान्तका स्थानीय प्रशासनमा कथित भ्रष्टाचार विरुद्ध सुरु गरिएको व्यापक अनुसन्धान अभियानको हि

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 490 पटक पढिएको
  • स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

    काठमाडौं— नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमार्फत पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान! मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सएपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’नायिका खड्काले यस्ता गतिविधिबाट सावधान र

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 526 पटक पढिएको
  • स्वस्तिमा खड्काको नाममा ठगी, सबैलाई सतर्क रहन अनुरोध

    काठमाडौं । नायिका स्वस्तिमा खड्काले आफ्नो नामको दुरुपयोग गर्दै सामाजिक सञ्जालमार्फत ठगीको प्रयास भइरहेको भन्दै सबैलाई सतर्क रहन आग्रह गरेकी छन् । खड्काले सामाजिक सञ्जालमा जानकारी दिँदै आफू नजिकका साथीहरूलाई भाइबर र व्हाट्सेपमार्फत  पैसा मागिएको जानकारी पाएकी बताएकी छन् ।उक्त सन्देशहरू आफूले नपठाएको स्पष्ट पार्दै उनले यस्ता म्यासेजमा नझुक्किन सबैलाई अनुरोध गरेकी छन् । उनले लेखेकी छन्, ‘सावधान१ मेरो नामको दुरुप्रयोग गर्दै मेरा नजिकका साथीहरूलाई भाइबर र व्हाट्सेपमा पैसा माग्दै गरेको भेटिएको छ । त्यस्ता म्यासेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउन चाहन्छु ।’नायिका खड्काले यस्ता गत

    • प्रकाशित मितिः पुस ९, २०८२
    • 186 पटक पढिएको
  • भदौ २३–२४ घटनाको छानबिनः रमेश लेखकलाई बयानका लागि आयोगको पत्र

    काठमाडौं— भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार उपस्थित हुन आग्रह गरिएको हो। आयोगले यस घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान संकलन गरिसकेको जनाएको छ।अब अन्तिम चरणमा लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी भइरहेको छ। ओलीलाई समेत औपचारिक पत्रमार्फत बयानका लागि बोलाउने योजना आयोगको छ।

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 511 पटक पढिएको
  • ब्रिटिश कलेज तोडफोड आरोपमा ५ जना पक्राउ

    काठमाडौं— काठमाडौंको थापाथलीस्थित ब्रिटिश कलेजमा मंगलबार तोडफोड भएको घटनामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।‘सम्बन्धित तथा असम्बन्धित पक्षका केही युवाहरू कलेज पुगे र हुलहुज्जत गरेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए । प्रहरीले हटाउनेक्रममा उनीहरूले तोडफोड गरेका हुन्।’केही दिन यता कलेजमा इन्टर्नशीपसँग सम्बन्धित विवाद चलिरहेको थियो। केही विद्यार्थीहरू युएईमा पठाइने इन्टर्नशीपका क्रममा अलपत्र परेको उजुरी गरेका थिए।ब्रिटिश कलेजले जारी गरेको विज्ञप्तिमा भनेको छ कि हस्पिटालिटी कोर्सका विद्यार्थीहरू ‘द उलविच इन्स्टिच्युड’ दुबईमा पठाइने छन् र उक्त संस्थाले युएईको क

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 571 पटक पढिएको
  • अस्थायी रुपमा रोकियो भारत–बंगलादेश भिसा सेवा

    काठमाडौं—  बंगलादेशले दिल्लीस्थित उच्चायोगपछि विभिन्न स्थानहरूमा भिसा सेवामा अस्थायी रोक लगाएको छ । बंगलादेशले दिल्लीस्थित आफ्नो उच्चायोगमा भिसा सेवाहरू अस्थायी रूपमा बन्द गरेपछि अगरतलामा रहेको भिसा कार्यालय र सिलिगुडीस्थित भिसा आवेदन केन्द्र पनि बन्द गरेको छ ।भारतको त्रिपुरा राज्यको अगरतलास्थित बंगलादेश भिसा तथा काउन्सुलर सेवाहरूलाई मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको बीबीसी बंगला सर्भिसले बताएको छ ।त्यसैगरी, पश्चिम बंगालको सिलिगुडीस्थित बंगलादेश भिसा आवेदन केन्द्रको कामकारबाही पनि अस्थायी रूपमा निलम्बित गरिएको छ ।बंगलादेशमा हिन्दु युवक दीपुचन्द्र दासको हत्यापछि विगत केही दिनदेखि

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 536 पटक पढिएको
  • घरायसी विवादः पेट्रोल छर्की बुहारीको हत्या, सासू र नन्द पक्राउ

    सिन्धुली— सिन्धुलीमा घरायसी विवादका कारण बुहारीमाथि पेट्रोल छर्की आगो लगाएर हत्या गरिएको घटनामा सासू र नन्द पक्राउ परेका छन्। कमलामाई नगरपालिका–४ धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङको आइतबार अपराह्न साढे ४ बजेतिर मृत्यु भएको हो।घटनामा संलग्न भएको आरोपमा ५९ वर्षीया मायारानी बमजन र उनकी छोरी ३५ वर्षीया मिना बमजनलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।मृतकका माइती पक्षले ससुरा ६५ वर्षीय दुर्गामान बमजनविरुद्ध पनि किटानी जाहेरी दिएका छन्। आगलागीका क्रममा उनी पनि घाइते भएका छन्। आगो निभाउने क्रममा घाइते भएको उनको भनाइ रहे पनि घटनाको वास्तविक कारणबारे

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 508 पटक पढिएको
  • जेन जी आन्दोलनका क्रममा फरार दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ

    सिरहा— जेन जी आन्दोलनका क्रममा गत भदौ २४ गते देशका विभिन्न कारागार तथा बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीमध्ये सिरहा प्रहरीले हालसम्म दुई नाबालकसहित ११ जनालाई पक्राउ गरेको छ।जलेश्वर, नख्खु, जगन्नाथ देवल, सप्तरी, सिन्धुली, केन्द्रीय कारागार तथा वीरगञ्जस्थित बाल सुधार गृहबाट फरार भएका कैदीबन्दीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।पक्राउ परेकामध्ये नौ जनालाई सम्बन्धित कारागार तथा सुधार गृहमा बुझाइसकिएको छ भने बाँकी दुई जनालाई बुझाउने प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश पण्डितले जानकारी दिए।यसैबीच, सिरहाको धनगढीमाई नग

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.