काठमाडौं— भदौ २३ र २४ गते घटेका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ।

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीका अनुसार मंगलबार लेखकलाई पत्र पठाउँदै शुक्रबार उपस्थित हुन आग्रह गरिएको हो। आयोगले यस घटनासँग सम्बन्धित अधिकांश व्यक्तिहरूको बयान संकलन गरिसकेको जनाएको छ।

अब अन्तिम चरणमा लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पनि बयान लिने तयारी भइरहेको छ। ओलीलाई समेत औपचारिक पत्रमार्फत बयानका लागि बोलाउने योजना आयोगको छ।