अपराध

    Showing 71-80 of 2,232 items.
  • त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुई पक्राउ

    काठमाडौं— त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र लिक प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले थप दुई जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा रौतहटका २५ वर्षीय अतुल कुमार मिश्र र पर्साको वीरगञ्ज बस्दै आएका बाराका ३१ वर्षीय अब्दुल सानि हाकिम रहेका छन्। सीआईबीका अनुसार मिश्रलाई काठमाडौंको ताहाचलबाट र हाकिमलाई वीरगञ्जबाट पक्राउ गरिएको हो।गत शुक्रबार सञ्चालन भएको व्यवस्थापन संकायतर्फको ‘संगठनात्मक व्यवहार’ विषयको प्रश्नपत्र परीक्षा अघि नै विभिन्न ह्वाट्सएप समूहमा सार्वजनिक भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।यसअघि यही प्रकरणमा साउन

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 488 पटक पढिएको
  • लालपुर्जाबाट मोही गायब, भोलिपल्टै सवा करोड ऋण

    विराटनगर । भूमि प्रशासन कार्यालय विराटनगरमा सरकारी अभिलेखमै मोहीको नाम हटाएर जग्गा नामसारी गरिएको र सोही जग्गा धितो राखेर भोलिपल्टै रु. १ करोड ३० लाख ऋण प्रवाह भएको प्रकरणले भूमि प्रशासन र बैंकिङ प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ।जहदा गाउँपालिका–५ स्थित १२ कट्ठा १५ धुर जग्गाको मूल स्रेस्तामा मोही अजबलाल केवट (दास) को नाम स्पष्ट रहे पनि नयाँ लालपुर्जा जारी गर्दा मोहीको विवरण खाली राखिएको पाइएको छ। यही लालपुर्जाका आधारमा असार ३० गते जग्गा सन सप्लायर्स को नाममा नामसारी भयो भने असार ३१ गते सिटिजन्स बैंक विराटनगर शाखाले सोही जग्गा धितो राखेर रु. १ करोड ३० लाख ऋण स्वीकृत गरेको खुलेको छ।स्रोतका अनुस

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 181 पटक पढिएको
  • लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ

    काठमाडौं / लागूऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ परेका छन् । दाङको घोराही उपमहानगरपालिका-१५ न्युरोडबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२० मिलिग्राम र नगद १६ हजार रूपैयाँसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-४ बस्ने २८ को सुदिप चौधरी र सोही उपमहानगरपालिका-१३ बस्ने २० वर्षीया देवीका श्रेष्ठ रहेका छन् । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही उपमहानगरपालिक-१८ ढोडेनी बस्ने ४० वर्षीय महेन्द्र चौधरीसँग खरिद गरेको भन्ने खुल्न आएपश्

    • प्रकाशित मितिः साउन १२, २०८३
    • 250 पटक पढिएको
  • मध्यराती सुनसरीमा झडपः प्रहरीको गोली लागेर एकको मृत्यु, प्रशासनले लगायो कफ्र्यु

    विराटनगर— सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच भएको झडपपछि जिल्ला प्रशासन कार्यालयले पाँच क्षेत्रमा अनिश्चित कालीन कफ्र्यु आदेश जारी गरेको छ । घटनामा सशस्त्र प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको छ भने सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् ।प्रहरीका अनुसार आइतबार राति करिब १०ः१५ बजे साउने सोमबारको बोलबम यात्राका लागि हिन्दु धर्मावलम्बीहरू कोशी ब्यारेजबाट जल लिएर डिजे बजाउँदै कप्तानगञ्ज चोकतर्फ जाँदै थिए । सोही क्रममा डिजेको आवाजलाई लिएर अर्को समुदायका केही व्यक्तिसँग विवाद सुरु भई झडपमा परिणत भएको थियो ।स्थिति नियन्त्रणबाहिर गएपछि नेपाल प्रहरी र सशस्त्र

    • प्रकाशित मितिः साउन ११, २०८३
    • 430 पटक पढिएको
  • भ्रष्टाचारको अर्को पर्दाफास, काठमाडौं महानगरका कर्मचारी पक्राउ

    काठमाडौं । काठमाडौं महानगरपालिकाका एक कर्मचारी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। महानगरपालिका वडा नम्बर ३० मा कार्यरत लेखा अधिकृत उद्धव भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार स्थायी लेखा नम्बर ९प्यान० बन्द गर्न वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख–हैरानी दिँदै घुस मागिएको भन्ने सूचना आयोगमा पुगेको थियो।उक्त सूचनाको आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। त्यसक्रममा भट्टराईले सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात नियन्

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 107 पटक पढिएको
  • सर्लाहीमा ३३० किलो गाँजासहित एक जना पक्राउ

    सर्लाही— सर्लाही प्रहरीले ३३० किलोग्राम लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउत रहेका छन् ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शनिबार दिउँसो करिब १ः१५ बजे बलरा नगरपालिका–७ डुमरियास्थित भोला सिंहको कुखुरा फर्ममा पिकअप गाडीबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट संयुक्त प्रहरी टोली परिचालन गरिएको थियो ।प्रहरी निरीक्षक कैलाश चौधरीको कमान्डमा खटिएको टोलीले कुखुरा फर्ममा खानतलासी गर्दा १९ वटा पोकामा लुकाएर राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको प्रहरीले

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 414 पटक पढिएको
  • लागूऔषध सहित चार जना पक्राउ

    काठमाडौं— लागूऔषध सहित चार जना पक्राउ परेका छन् ।चन्द्रागिरी नगरपालिका—२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम सहित खोटाङ रावा बेशी गाउँपालिका—४ बस्ने ३६ वर्षीय डिल्ली निरौलालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१—००६ ख ९८५५ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मकवानपुर, भीमफेदी गाउँपालिका—२ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५३ ट्याब्लेटसहित काठमाडौं कीर्तिपुर नगरपालिका—९ बस्ने २६ वर्षीय प्रिन्स सिंह समेत २ जनालाई शनिबार बिहा

    • प्रकाशित मितिः साउन १०, २०८३
    • 444 पटक पढिएको
  • प्रहरीको ‘क्रिमिनल प्रोफाइल’मा परे १८ सय ७१ शंकास्पद व्यक्ति

    काठमाडौं । काठमाडौंमा सम्भावित अपराध नियन्त्रणका लागि प्रहरीले ठूलो कदम चालेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले भविष्यमा गम्भीर अपराधमा संलग्न हुन सक्ने जोखिम भएका १,८७१ जनाको ‘क्रिमिनल प्रोफाइल’ तयार गरी उनीहरूको गतिविधिमाथि विशेष निगरानी सुरु गरेको छ।यो सूचीमा विगतमा गुण्डागर्दी, तस्करी, लागूऔषध कारोबार, कर्तव्य ज्यान, ठगी, चोरी लगायतका जघन्य अपराधमा संलग्न भइसकेका र पुनः अपराध दोहोर्याउने जोखिम भएका व्यक्तिहरू समेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार यो सामान्य नामावली होइन, बरु अपराधको इतिहास, गतिविधि र जोखिम विश्लेषणका आधारमा तयार गरिएको ‘क्रिमिनल प्रोफाइलिङ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 218 पटक पढिएको
  • एआईको जालमा ५२ अपराधी, जेनजी आन्दोलनमा लुटेका १८५ हतियार बरामद

    काठमाडौं। काठमाडौंमा अब अपराधी केवल प्रहरीको आँखाबाट होइन, कृत्रिम बुद्धिमत्ता (एआई) को निगरानीबाट पनि पक्राउ पर्न थालेका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको विवरणअनुसार गत आर्थिक वर्षमा एआई क्यामेराको सहयोगमा ५९ जना फरार तथा शंकास्पद व्यक्तिलाई पहिचान गरी पक्राउ गरिएको छ। प्रहरीका अनुसार प्रविधिमा आधारित निगरानी प्रणालीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाएको छ।यस्तै, जेनजी आन्दोलनका क्रममा लुटिएका १८५ वटा हतियार प्रहरीले बरामद गरेको छ। ती हतियार बरामद गर्ने अभियानमा संलग्न रहेको आरोपमा ५२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले अर्को महत्वपूर्ण उपलब्धिसमेत सार्वजनिक

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 1,141 पटक पढिएको
  • प्यान बन्द गराइदिने भन्दै घुस लिने महानगरका लेखा अधिकृत रंगेहात पक्राउ

    काठमाडौं । सेवाग्राहीको काम गरिदिने नाममा घुस मागेको आरोपमा काठमाडौं महानगरपालिकाका एक लेखा अधिकृत अख्तियारको फन्दामा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्वब भट्टराईलाई २१ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।अख्तियारका अनुसार स्थायी लेखा नम्बर (प्यान) बन्द गर्न वडा कार्यालयबाट आवश्यक सिफारिस उपलब्ध गराइदिने प्रक्रियामा अनावश्यक दुःख–हैरानी दिँदै सेवाग्राहीसँग रकम मागिएको उजुरी परेको थियो। उक्त सूचनाका आधारमा परिचालित अख्तियारको टोलीले सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुस बुझिसकेको अवस्थामा भट्टराईलाई नियन्त्रणमा लिएको जनाएको छ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • 82 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.