काठमाडौं— काठमाडौंको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।पक्राउ पर्नेमा सहकारीकी ४० वर्षीया अध्यक्ष शिला श्रेष्ठ र ३५ वर्षीया कोषाध्यक्ष खिलमाया रिजाल रहेका छन्। उनीहरूमाथि सहकारीको ९२ लाख रुपैयाँ रकम अपचलन र हिनामिना गरेको आरोप छ।पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । हाल प्रहरी वृत्त कालीमाटीले हिरासतमा राखी उनीहरूमाथि कानुनी अनुसन्धान अगाडि बढाएको छ। सहकारीमा बचतकर्ताको रकम सुरक्षित गर्नेबारे प्रहरीले थप खोजी गरिरहेको छ।
काठमाडौं— पर्सा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतका अनुसार सोमबार प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गरिएको हो ।प्रहरीले जेठ ४ गते वीरगन्जस्थित दियालो होटलबाट प्रसाईंलाई पक्राउ गरेको थियो । उनीविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर तथा राज्यविरुद्धको कसुरमा मुद्दा चलाउन राय दिइएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रसाईंका विभिन्न युट्युब अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिलाई आधार बनाइएको छ । ती अभिव्यक्तिमा उनले महिलामाथि अ
काठमाडौं— रसुवाबाट ४३ हजार डलरसहित एक जना पक्राउ परेका छन् ।रसुवाको उत्तरगया गाउँपालिका बेत्रावती बजारस्थित पासाङल्याम्हु सडक खण्डमा काठमाडौंबाट टिमुरे जाँदै गरेको यात्रुवाहक बसमा चेकजाँच गर्नेक्रममा प्रहरीले बसमा सवार धादिङका ३७ वर्षीय सुशील गुरुङलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार गुरुङसँग ४३ हजार डलर फेला पारेको बताएको छ । अहिले गुरुङलाई राजश्व अनुसन्धान विभाग पठाएको प्रहरीले जनाएको छ ।
काठमाडौं— नेपाली कांग्रेसका पूर्वसभापति शेर बहादुर देउबा र उनकी पत्नी आरजु राणा देउबा विरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको मागसहित दायर रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त रिट पहिलो नम्बरमा पेसीमा राखिएको छ। यसअघि गत ५ जेठमा न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशसम्बन्धी छलफलका लागि दुवै पक्षलाई उपस्थित हुन निर्देशन दिएको थियो।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका क्रममा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको थियो। तर निवेदक पक्षले भने सम्पत्ति शुद्धीकर
झापा— पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु एक लाख १८ हजार नगदसहित एक युवालाई बेहोस अवस्थामा उद्धार गरेको छ ।पाल्पाको रामपुर गाउँपालिका–२ का ३२ वर्षीय हरि थापा अत्यधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ छ बजेतिर सडकमा बेहोस भएर लडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उद्धार गरेको थियो ।उद्धारलगत्तै थापालाई उपचारका लागि तत्काल धुलाबारीस्थित आम्दा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले
हुम्ला— बाजुरा सीमा विवादका कारण कर्णाली करिडोर फेरि बन्द गरिएको छ। जेठ ५ गते च्याचौरमा भएको झडपसँग सम्बन्धित विषयलाई लिएर बाजुरातर्फका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कुवाडी सडकखण्ड पुनः अवरुद्ध गरेका हुन्।स्थानीय स्रोतका अनुसार लाम्पाटा–च्याचौर क्षेत्रमा सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गर्न लागेको प्रहरी चौकीको विषयमा विवाद उत्पन्न भई झडप भएको थियो। सो घटनामा घाइते भएकाहरूको उपचार, घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही, तथा क्षतिपूर्ति लगायतका माग राख्दै हिमाली युवा समूहले जेठ ७ र ८ गते सडकमा टायर बालेर प्रदर्शनसहित आवागमन ठप्प पारेका थिए।सडक बन्द हुँदा हुम्ला, मुगु तथा कैलाश मान
काठमाडौं— काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा १० जेठ दिउँसो १८ वर्षीय करणकुमार साहमाथि धारिलो हतियारले आक्रमण भएको छ । आक्रमणबाट उनी हात, ढाड, घाँटी र टाउकोमा घाइते भएका छन् ।उनले अभिषेक यादव, धनराज यादवसहित ५–६ जनाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरमा ज्यान मार्ने उद्योग र डाँका सम्बन्धी उजुरी दिएका छ न्।प्रहरीका अनुसार आक्रमणमा संलग्न भनिएका व्यक्तिहरू करणकुमारका मामा–भान्जा नाताका हुन् ।यसअघि भएको विवादको बदला स्वरूप आक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।फरार रहेका अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
धनगढी— भारतको दिल्लीबाट चोरी गरेर नेपाल भित्र्याइएको हिरामोती र अन्य गरगहना तथा नगद गरेर दुई करोड मुल्य बराबरको सम्पत्ती नेपाल प्रहरी सुदूरपश्चिम प्रदेश कार्यालयले बरामद् गरेको छ ।तीन महिना अघि (फागुन १३ गते) भारतको दिल्ली स्थित राजेन्द्रनगरका संजयकुमार माखीजाको घरबाट करोडौंको धनसम्पति चोरी गरेर बाजुराको बुढीगंगा नगरपालिका–१० का उपेन्द्र रावतसहितको टोली फरार थियो ।प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक महेश शाहीका अनुसार संजयकुमार मखजीले नेपाल प्रहरीमा उजुरी गरेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।सो क्रममा प्रहरीले उपेन्द्र रावतसहित बाजुराको खप्तड छान्ना गाउँपालिका–३ का लोकेश धामी र
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास ह्वाइट हाउस नजिक शनिबार राति भएको गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकायका अनुसार संदिग्धले चेकपोस्ट नजिक झोलाबाट हतियार निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेका थिए ।घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । घटनाका बेला अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमै रहेका थिए, तर उनको सुरक्षामा कुनै असर नपरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
काठमाडौं— बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ ।काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह शुक्रबार प्रहरीले पक्राउ परेका छन् ।जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.