काठमाडौं— काठमाडौं महानगरपालिका–३२ नरेफाँटमा १० जेठ दिउँसो १८ वर्षीय करणकुमार साहमाथि धारिलो हतियारले आक्रमण भएको छ । आक्रमणबाट उनी हात, ढाड, घाँटी र टाउकोमा घाइते भएका छन् ।
उनले अभिषेक यादव, धनराज यादवसहित ५–६ जनाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरमा ज्यान मार्ने उद्योग र डाँका सम्बन्धी उजुरी दिएका छ न्।
प्रहरीका अनुसार आक्रमणमा संलग्न भनिएका व्यक्तिहरू करणकुमारका मामा–भान्जा नाताका हुन् ।
यसअघि भएको विवादको बदला स्वरूप आक्रमण भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ।
फरार रहेका अभियुक्तहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।






































