काठमाडौं— काठमाडौंको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सहकारीकी ४० वर्षीया अध्यक्ष शिला श्रेष्ठ र ३५ वर्षीया कोषाध्यक्ष खिलमाया रिजाल रहेका छन्। उनीहरूमाथि सहकारीको ९२ लाख रुपैयाँ रकम अपचलन र हिनामिना गरेको आरोप छ।

पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । हाल प्रहरी वृत्त कालीमाटीले हिरासतमा राखी उनीहरूमाथि कानुनी अनुसन्धान अगाडि बढाएको छ। सहकारीमा बचतकर्ताको रकम सुरक्षित गर्नेबारे प्रहरीले थप खोजी गरिरहेको छ।