अपराध

    Showing 251-260 of 2,232 items.
  • कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ

    कञ्चनपुर। कञ्चनपुर कारागारबाट फरार भएका दुई कैदीलाई प्रहरीले नौ महिनापछि पक्राउ गरेको छ । विभिन्न मुद्दामा सजाय भुक्तान गरिरहेका दुवै जना २०८२ भदौ २४ गते कारागारबाट भागेका थिए ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्रसिंह थापाका अनुसार पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–२ बाणीका मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका–१३ राजपुरका अर्जुन खड्का रहेका छन् । उहाँका अनुसार चौधरी जबर्जस्ती करणी कसुर मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । यस्तै खड्का लागुऔषध (खैरो हेरोइन) मुद्दामा पाँच वर्ष कैद तथा रु पाँच हजार जरिवाना सजाय तोकिएका व्यक्ति हुन् । कारागारबाट फरार भएपछि दुवै जना

    • प्रकाशित मितिः जेठ २२, २०८३
    • 272 पटक पढिएको
  • भारतको हरियाणास्थित कुखुरा फार्ममा महोत्तरीका १६ नेपाली कामदार बन्धक

    महोत्तरी— महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १६ जना नेपाली कामदार भारतको हरियाणा राज्यमा रहेको एक कुखुरा फार्ममा बन्धक बनेको आरोप सार्वजनिक भएको छ। बन्धक परेकामध्ये १० जना पुरुष र ६ जना महिला रहेका छन्।इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार उनीहरूलाई आकर्षक तलब, सेवा–सुविधा र सहज कामको प्रलोभन देखाएर भारत लगिएको थियो। स्थानीय दिलीप परियारले गत चैत १३ गते रोजगारीका लागि हरियाणाको जिन्द जिल्लाअन्तर्गत झाझर थाना क्षेत्रको हेलन गाउँस्थित कुखुरा फार्ममा पुर्‍याएको बताइएको छ।कामदारका आफन्तहरूले उनीहरूलाई जबर्जस्ती काममा लगाइएको, ज्याला नदिइएको तथा बाहिर निस्कन नदिई नियन्त्रणमा राख

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 521 पटक पढिएको
  • इनरुवामा जुवाको अड्डामाथि प्रहरीको छापा, १२ जना पक्राउ, एक लाखभन्दा बढी नगद बरामद

    सुनसरी— सुनसरीको इनरुवामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट नगद रु १ लाख १ हजार ७ सय ३५ र एक बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार इनरुवास्थित एक स्थानमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनास्थलबाट नगद रकम र तास बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।पक्राउ पर्नेहरूमा जुनलक राई, ताहिर साफी, रामप्रसाद चौलागाईं, उमेश साह हलुवाई, विनोद बोगटी, सीतल सेकुवा कर्नरका सञ्चालक शुरबहादुर राउत, नजावुल मियाँ, अमिर मियाँ, फारुक अन्सारी, मफू

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 471 पटक पढिएको
  • भन्सार छलीको आशंकामा ७७४ विद्युतीय गाडी नियन्त्रणमा, अनुसन्धान जारी

    काठमाडौं— सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। भन्सार छली भएको आशंकापछि विशेष सुरक्षा अभियान सञ्चालन गर्दै गाडीहरू नियन्त्रणमा लिइएको हो।सशस्त्र प्रहरीका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार जोमसोम, कुस्मा, हेम्जा तथा नुवाकोटको पासाङल्हामु सडकखण्डबाट ती सवारीसाधन नियन्त्रणमा लिइएका हुन्। अधिकांश सवारी बीवाईडी ब्रान्डका रहेको बताइएको छ।भन्सार छलीसम्बन्धी उजुरी प्राप्त भएपछि निगरानी र गस्ती कडा पारिएको तथा सोही क्रममा गाडीहरू फेला पारिएको प्रवक्ता भट्टले जानकारी दिए। उनले कर छली भएको वा नभएको विषय अ

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 623 पटक पढिएको
  • घरायसी विवादमा श्रीमतीको हत्या

    भक्तपुर। भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन् ।प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुका अनुसार शङ्करापुर नगरपालिका–६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएका छन् । उक्त घटना गएरातिको हो । हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 396 पटक पढिएको
  • बिहानै मदिराले मातेपछि...

    बाजुरा। बूढीनन्दा नगरपालिका–६ कोटिलाका टेकेन्द्र र नीर रावतबीच स्थानीय होटलमा मदिरा पिएपछि विवाद हुँदा नीरको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार मदिराले मातेका दुवैजनाबीच विवाद हुँदा टेकेन्द्रले प्रहार गरेको ढुङ्गाले लागेर नीरको घटनास्थलमै मृत्यु भएको हो ।  घटना आज बिहानको हो । यसबारे जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको उहाँले जानकारी दिनुभयो। 

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 305 पटक पढिएको
  • हात्तीको दाह्रासहित पाँच जना पक्राउ

    काठमाडौँ। काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वन्यजन्तुको अखेटोपहार (हात्तीको दाह्रा) सहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–९ का २५ वर्षीय राजीव महर्जन, काठमाडौँ महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, गोरखाको अजिरकोट गाउँपालिका–४ का २० वर्षीय सन्तबहादुर भुजेल, सोही जिल्ला धार्चे–४ का २६ वर्षीय टेकप्रसाद गुरुङ तथा बैतडीको डिलासैनी गाउँपालिका–३ का २४ वर्षीय पुरन बोहरा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक शरत्कुमार थापाक्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँको मनम

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • 273 पटक पढिएको
  • भ्रष्टाचारमा चुर्लुम्म डुबेका मधेश प्रदेश सांसद सिंहलाई ४ बर्ष बढीको जेल सजाय, ३८ लाख जरिवाना

    काठमाडौं । मधेश प्रदेशका प्रदेशसभा सदस्य सरोजकुमार सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर हुँदै जेल सजाय पाएका छन्। विशेष अदालतले घुस र कमिशन लिएको आरोप पुष्टि भएपछि सिंहलाई ४ वर्ष १ महिना कैद र ३८ लाख रुपैयाँभन्दा बढी जरिवाना गर्ने फैसला सुनाएको हो। अदालतले सिंहले विभिन्न उपभोक्ता समितिबाट आर्थिक लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचारबाट आर्जन गरिएको रकम बराबरको जरिवाना र जफतको आदेश दिएको छ।निर्वाचित जनप्रतिनिधि रहेकै अवस्थामा भ्रष्टाचार गरेको ठहर भएपछि कानुनी व्यवस्थाअनुसार थप सजायसमेत जोडिएको अदालतले जनाएको छ।फैसलाअनुसार सिंहले जरिवानासँगै पीडित राहत कोषका लागि अतिरिक्त रकम पनि बुझाउनुपर्नेछ।अख्

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 299 पटक पढिएको
  • जेन -जी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट चोरेको हात्तिका दाह्रा सहित पाँच जना पक्राउ

    काठमाडौं। जेन -जी आन्दोलनका बेलामा राष्ट्रपति कार्यालय शीतल निवासबाट हात्तीको दाह्रा चोरी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विशेष सूचनाका आधारमा गरेको अपरेशनमा हात्तीको दाह्रा लुकाइछिपाइ राख्ने तथा कारोबारमा संलग्न रहेको आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा काठमाडौंका राजिब महर्जन र आयुष महर्जन, गोरखाका टेकप्रसाद गुरुङ र सन्तबहादुर भुजेल तथा बैतडीका पुरन बोहरा रहेका छन्।प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा मनमैजुस्थित एक खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। त्यसपछि थप अनुसन्ध

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 161 पटक पढिएको
  • मनमैजुमा हात्तीको दाह्रा र लागूऔषधसहित पाँच जना पक्राउ

    काठमाडौं— काठमाडौंको तारकेश्वर–मनमैजु क्षेत्रमा हात्तीको दाह्रा अवैध रूपमा लुकाइराखेको तथा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले जेठ १९ गते गरेको कारबाहीका क्रममा दुई थान हात्तीको दाह्रा र १५० क्याप्सुल लागूऔषध बरामद गरेको जनाएको छ।प्रहरीका अनुसार तारकेश्वर–९ स्थित राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा हात्तीको दाह्रा फेला परेको थियो। अनुसन्धानलाई विस्तार गर्ने क्रममा थप दुई टुक्रा दाह्रा टोखा–२ निवासी पुरन बोहरासँग र अन्य दुई टुक्रा मनमैजुका सन्तबहादुर भुजेलको कोठाबाट बरामद गरिएको प्रहरी

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • 592 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.