सुनसरी— सुनसरीको इनरुवामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मार्दा १२ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूको साथबाट नगद रु १ लाख १ हजार ७ सय ३५ र एक बुङ तास बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेका अनुसार इनरुवास्थित एक स्थानमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले घटनास्थलबाट नगद रकम र तास बरामद गरी थप अनुसन्धान अघि बढाएको छ।
पक्राउ पर्नेहरूमा जुनलक राई, ताहिर साफी, रामप्रसाद चौलागाईं, उमेश साह हलुवाई, विनोद बोगटी, सीतल सेकुवा कर्नरका सञ्चालक शुरबहादुर राउत, नजावुल मियाँ, अमिर मियाँ, फारुक अन्सारी, मफूज अन्सारी, उमेश सदा र बैजनाथ यादव रहेका छन्।
प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर जुवा सम्बन्धी कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।






































