अपराध

    Showing 201-210 of 2,232 items.
  • दोहोरी साँझ नजिक कुटपिटमा घाइते युवकको मृत्यु, चार जना पक्राउ

    काठमाडौं— गोरखामा भएको सामूहिक कुटपिट घटनामा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका–७ रोटेपानीका २४ वर्षीय बोनस शाक्य, धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल गोरखा नगरपालिका–८ बगैँचामा बस्दै आएका २३ वर्षीय मिङमर गुरुङ, सिरानचोक गाउँपालिका–२ थालाजुङका २९ वर्षीय होमराज गुरुङ तथा धार्चे गाउँपालिका–१ हुलचुकका २४ वर्षीय सन्तोष गुरुङ रहेका छन्।प्रहरीका अनुसार जेठ २७ गते राति गोरखा नगरपालिका–७ छिपीनीटोलस्थित गोरखा दोहोरी साँझ नजिक सडकमा वारपाक सुलिकोट गाउँपालिका–३ का ३२ वर्षीय सन्तबहादुर गुरुङमाथि लात, मुक्का र ढुंगाल

    • प्रकाशित मितिः असार २, २०८३
    • 467 पटक पढिएको
  • दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस

    काठमाडौं— सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा आज बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ ।सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको थियो । प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अ

    • प्रकाशित मितिः असार २, २०८३
    • 465 पटक पढिएको
  • जबरजस्ती करणी गरेको आरोपमा ४३ वर्षीय पुरुष पक्राउ

    धादिङ— धादिङमा २८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले ४३ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा त्रिपुरासुन्दरी गाउँपालिका–२ वंशगाउँ निवासी श्रीकृष्ण श्रेष्ठ रहेका छन्। उनलाई आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।प्रहरीका अनुसार पीडित महिलामाथि जबरजस्ती करणी भएको भन्ने उजुरी प्राप्त भएपछि तत्काल प्रहरी टोली परिचालन गरिएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठलाई उनकै निवास क्षेत्रबाट पक्राउ गरिएको हो।घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका श्रेष्ठविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघ

    • प्रकाशित मितिः असार १, २०८३
    • 563 पटक पढिएको
  • ठगी आरोपमा अनुसन्धान गर्न सेफ साह तीन दिन हिरासतमा

    काठमाडौं— चर्चित सेफ सन्तोष साहलाई ठगी आरोपमा अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद पाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाएको हो।साहविरुद्ध दर्ता भएको ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट तीन दिनको म्याद स्वीकृत भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले साह र उनका दाजु ५८ वर्षीय नारायण साह सुडीलाई शनिबार जनकपुरको रामानन्द चोकबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो।प्रहरीका अनुसार साहविरुद्ध चार लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा जाहेरी दर्ता भएपछि पक्राउ पुर्ज

    • प्रकाशित मितिः असार १, २०८३
    • 459 पटक पढिएको
  • बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रुकुम पश्चिमबाट पक्राउ

    रुकुम पश्चिम— बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले पक्राउ गरेको छ।प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीका ४० वर्षीय सुरेश विकलाई आइतबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९, राडीबजार क्षेत्रबाट पक्राउ गरिएको हो।बैंकिङ कसुर सम्बन्धी अनुसन्धानका क्रममा फरार रहेका विकलाई खोजतलासका क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए।प्रहरीका अनुसार उक्त मुद्दामा विकविरुद्ध ९ लाख ९५ हजार रुपैयाँ बिगो दाबी गरिएको छ। उनीविरुद्ध देवबहादुर खत्रीले जाहेरी दिएका थिए।पक्राउ परेका विकमाथि

    • प्रकाशित मितिः असार १, २०८३
    • 464 पटक पढिएको
  • काठमाडौंको 'फार्म हाउस'मा लागुऔषध ट्रामाडोलको अवैध कारोबार, १३ जना पक्राउ

    काठमाडौं— काठमाडौंमा 'फार्म हाउस'को आवरणमा लागुऔषध ट्रामाडोलको अवैध कारोबार गरेको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) ले विशेष अपरेसन सञ्चालन गर्दै ट्रामाडोलसहित १३ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये विभिन्न फार्म हाउसलाई प्रयोग गरी भारतबाट लागुऔषध ल्याएर काठमाडौंका विभिन्न स्थानमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।एसपी दुर्गाराज रेग्मीका अनुसार पक्राउ परेकाहरू टोखा र चन्द्रागिरि क्षेत्रबाट नियन्त्रणमा लिइएका हुन्। उनीहरूले फार्म हाउसको नाममा लुकाइछिपाइ कारोबार गर्दै आएको आशंका गरिएको छ।प्रहरीले उनीहरूबाट करिब २ ल

    • प्रकाशित मितिः असार १, २०८३
    • 500 पटक पढिएको
  • सबैभन्दा पहिले गिरिबन्धु चिया प्रकरणको फाइल खोल्न पदमा अर्यालको माग

    काठमाडौं— नेकपा एमालेकी नेतृ पदमा अर्यालले आफ्नो पार्टीसँग जोडिएका विषयमा सरकारलाई फाइल खोल्न चुनौती दिएकी छन्।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अर्थमन्त्रीले बजेटमाथिको छलफलका क्रममा ूफाइल खोल्छुू भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसलाई धम्कीको शैली भएको टिप्पणी गरिन्। उनले यदि सरकारले वास्तवमै फाइल खोल्ने हो भने सबैभन्दा पहिले गिरिबन्धु चिया प्रकरणको फाइल सार्वजनिक गर्नुपर्ने बताइन्।अर्यालले सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गर्दै कुनै पनि फाइलको नाममा राजनीतिक दबाब वा धम्की दिन नहुने धारणा राखिन्। अत्यधिक बहुमत प्राप्त सरकारले सबै विवादित फाइल निष्पक्ष रूपमा खोलेर वास्तविकता

    • प्रकाशित मितिः असार १, २०८३
    • 465 पटक पढिएको
  • टेम्पो भिरबाट खसालेको घटनामा छानबिन समिति गठन

    काठमाडौं— कैलालीमा अतिक्रमण हटाउने क्रममा एक महिलाको टेम्पो भिरबाट खसालिएको घटनाको छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले पाँच सदस्यीय समिति गठन गरेको छ।मन्त्रीस्तरीय निर्णयअनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा समिति गठन गरेको हो।समितिमा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, वरिष्ठ डिभिजन वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा कानुन अधिकृत विजयराज ओझा सदस्य रहेका छन्।समितिलाई घटनाको सत्यतथ्य अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।उ

    • प्रकाशित मितिः असार १, २०८३
    • 407 पटक पढिएको
  • छात्रामाथि यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक बर्खास्त, प्रहरी अनुसन्धान सुरु

    बैतडी— बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित कालिका माध्यमिक विद्यालयका एक शिक्षकमाथि कक्षा १० मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। घटना सार्वजनिक भएपछि विद्यालयले आरोपित शिक्षकलाई सेवाबाट बर्खास्त गरेको छ भने प्रहरीले अनुसन्धान अघि बढाएको छ।पीडित पक्षका अनुसार राहत दरबन्दीमा कार्यरत शिक्षक नरेशबहादुर चन्दले जेठ २२ गते कक्षाकोठामा छात्रा एक्लै रहेको बेला अनुचित व्यवहार गरेका थिए। त्यसपछि छात्राले परिवारलाई जानकारी गराएपछि घटना बाहिरिएको बताइएको छ।घटनापछि विद्यालय प्रशासन, स्थानीय सरोकारवाला र अन्य पक्षबीच छलफल भएको थियो। छलफलका क्रममा आरोपित शिक्षकमाथि यसअघि पनि यस्तै प्रकृ

    • प्रकाशित मितिः असार १, २०८३
    • 543 पटक पढिएको
  • पटना गोलीकाण्डका आरोपी विराटनगरको होटलमा मृत भेटिए

    विराटनगर— भारतको बिहार राज्यस्थित पटनामा भएको आक्रमण तथा तोडफोड घटनाका आरोपी प्रिन्स कुमार यादव विराटनगरको एक होटलमा मृत अवस्थामा फेला परेका छन्।प्रहरीका अनुसार विराटनगर–१० स्थित शुभ होटलमा बस्दै आएका यादव आइतबार राति मृत भेटिएका हुन्। उनले होटलमा बिरामीको उपचारका लागि नेपाल आएको विवरण दर्ता गराएका थिए।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार यादवसँगै होटलमा बसेका अन्य चार भारतीय नागरिकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।प्रिन्स कुमार यादव बिहारको चर्चित खान सर काण्डसँग सम्बन्धित मुद्दाका आरोपी रहेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

    • प्रकाशित मितिः जेठ ३१, २०८३
    • 333 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.