अपराध

    Showing 1,321-1,330 of 1,406 items.
  • नेपाली नागरिकता लिन खोज्ने एक भारतीय पक्राउ

    काठमाण्डौ   ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिममा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताएका छन।पक्राउ परेका कुर्मी हाल नवलपरासी बर्दघाट सुस्ता पश्चिमको प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए । वडाबाट जन्म दर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 154 पटक पढिएको
  • नक्कली फेसबुक आइडीबाट चरित्र हत्या गर्ने पक्राउ

    काठमाडौँ । नक्कली फेसबुक आइडीमा अश्लील फोटो तथा भिडियो राखी चरित्र हत्या गरेको अभियोगमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१४ बस्ने २५ वर्षीय सुसन चौगुठी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उहाँका अनुसार निज चौगुठीले सामाजिक सञ्जाल फेसबुकमा केटी साथीहरूलाई साथी बनाई नजिक भई प्रेम जालमा पारी विभिन्न बहानामा फोटो तथा भिडियो खिच्ने गरेका थिए । चौगुठीले खिचिएका अश्लील फोटो तथा भिडियोको दुरुपयोग गरी नक्कली फेसबुक खाता बनाई उक्त

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 148 पटक पढिएको
  • राहुल महरा पक्राउ, पाच दिन हिरासतमा राख्न अदालतको अनुमति

    काठमाडौं ।  पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन्। भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा राहुल महरा पक्राउ परेका हुन्। राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। तस्करी गरेर ल्याएको सुन छुटाउनका लागि राहुल र पूर्वसभामुख महराले पनि संवाद गरेको आरोप छ।भेपभित्र ९ किलो सुन लुकाएर ल्याउने तस्करसँग महरा र छोरा राहुलले २५६ पटक संवाद गरेको प्रतिवेदन यसअघि नै सीआईबीले दिएको थियो। तर उनीहरु अनुसन्धानको दायरामा आएका थिएनन्।इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराला

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 208 पटक पढिएको
  • सुन प्रकरणमा संलग्न दावाका मुख्य सहयोगी किशोर बस्नेत पक्राउ

    काठमाडौं   । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा थप दुईजना पक्राउ गरेको तथ्य सीआईबीले बुधवार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा गणेश पौडेल र किशोर बस्नेत छन् । हालसम्म सुन तस्करीमा पक्राउ पर्नेहरुको संख्या २५ पुगेको छ ।बुधवार पक्राउ गरिएका पाल्पा घर भएका गणेश पौडेल अधिकृत हुन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत पौडेल र सुन तस्करबीच कनेक्सन देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । उनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मूल्यांकन शाखामा कार्यरत थिए ।अर्का आरोपित किशोर बस्नेत सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 173 पटक पढिएको
  • पेस्तोलसहित किशोर पक्राउ

    सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–६ बाट कटुवा पेस्तोलसहित प्रहरीले सोमबार एक किशोरलाई पक्राउ गरेको छ ।बर्जु–६ स्थित बेलहा टोलमा बस्दै आएका १८ वर्षीय किशोरलाई कटुवा पेस्तोल एक थान र सोही पेस्तोलमा लाग्ने गोली एक राउण्डसहित पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।ती किशोरले घरमा हतियार राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले गए राति उनको कोठाबाट पेस्तोल र गोली बरामद गरेको प्रहरीले जनाएको छ ।तत्काल फरार किशोरको खोजी गर्ने क्रममा बर्जु–५ स्थित आफन्तको घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकामाथि थप अनुसन्धान

    • प्रकाशित मितिः भदौ १२, २०८०
    • 185 पटक पढिएको
  • बागेश्वरी सामुदायिक वनमा मानव कंकाल

    काठमाण्डौ   ।   कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको बागेश्वरी सामुदायिक वनमा मानव कंकाल फेला परेको छ।वन क्षेत्रभित्र मानव अस्थिपञ्जर तथा साथमा चप्पल पनि समेत फेला परेको इलाका प्रहरी कार्यालय कोपवाका प्रहरी नायब निरीक्षक प्रवीन कार्कीले जानकारी दिए। उनले वनभित्र भेटिएको कंकालबारे अनुसन्धान भइरहेको बताए।वाणगंगा नगरपालिका–६ को वन छेउका स्थानीयवासीले च्याउ खोज्न जाँदा मानव कंकाल फेला पारेको प्रहरीले जानकारी गराएको छ।

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 185 पटक पढिएको
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित एकजना पक्राउ

    काठमाडौं  ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको मुद्रासहित एक जना फिलिपिन्सका नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा फिलिपिन्सका नागरिक ३२ वर्षीय आर्सिनो जेआर मेसा रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले  जानकारी दिए। उनको साथबाट प्रहरीले १०० दरको ३१ थान, २० दरको पाँच थान गरी जम्मा तीन हजार दुई सय अमेरिकी डलर र एक हजार दरको तीन सय थान, ५०० दरको एक हजार १०० थान गरी आठ लाख ५० हजार नेपालीसहित बिहीबार पक्राउ गरिएको हो।फ्लाई दुबईको उडानद्वारा काठमाडौँबाट दुबई जान लागेका उनलाई

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 187 पटक पढिएको
  • इन्स्पेक्टर कटुवालमाथि बञ्चरो प्रहार

    बिर्तामोड । सवारी जाँचमा खटिएका इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज एवं प्रहरी निरीक्षक युवराज कटुवाललाई आज साँझ ७ बजेतिर एक युवाले धारिलो हतियार प्रहार गरेर घाइते बनाएका छन् ।झापाको पूर्वपश्चिम राजमार्गस्थित झरना खोला नजिक नियमित सवारी जाँचमा प्रहरी निरीक्षक कटुवाल र अर्का एक जना प्रहरी खटिएका थिए । तीन जना युवा सवार एउटा मोटरसाइकललाई रोकेर नियन्त्रणमा लिने क्रममा एक युवाले बञ्चरोले कटुवाललाई अचानक प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले बताए ।उनका अनुसार घाइते प्रहरी निरीक्षक कटुवालको टाउको र हातमा गम्भीर चोट लागेको छ । बिर्तामोडको बिएण्डसी अस्पतालम

    • प्रकाशित मितिः भदौ ८, २०८०
    • 213 पटक पढिएको
  • रासायनिक मलकोे ट्रक हाइज्याक

    चपुर । कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जबाट रौतहटको चन्द्रनिगाहपुरमा रहेको शाखा कार्यालयमा लादै गरेको  रासायनिक मलको ट्रक हाइज्याक भएको छ ।इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट परिचालित प्रहरी टोलीले गुजरा नगरपालिका–२ को मैरा कटानीको जंगलबाट नियन्त्रणमा लिन सफल भएको थियो । प्रहरीले सो ट्रकबाट १ सय २ बोरा मलसहित ट्रक, दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ । साथै पाँच जनालाई पक्राउ पनि गरेको छ ।कृषि सामग्री कम्पनी लिमिटेड वीरगन्जबाट शाखा कार्यालय चन्द्रनिगाहपुरमा ल्याउन ना६ख ९१९२ नम्बरको ट्रकमा ४२० बोरा युरिया मल लोड गरी पठाइएकोमा सम्बन्धित स्थानमा नपुगेको खबर आएपछि प्रहरीले खोजतलास गरेको

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 264 पटक पढिएको
  • विराटनगरको बजारमा तरबार हान्ने २ जना पक्राउ

    विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै तरबार प्रहार भएको घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका– ८ का २२ वर्षीय मोहम्मद हलिमलाई तरबार प्रहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ८ का २२ वर्षीय समीर हुसेन र वडा नं ६ का २४ वर्षीय अशोक अन्सारीलाई पक्राउ गरेको हो । सोमबार हलिममाथि विराटनगर– १० सन्सारी माइस्थान चोकमा तरबार प्रहार भएको थियो । तरबार प्रहारबाट हलिम गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार हुसेन र अन्सारी नेपाल– भारत सीमा नजिकैबाट पक्राउ परेका हुन् ।पक्राउ परेका दुवै जना विरुद्ध ज

    • प्रकाशित मितिः साउन ३२, २०८०
    • 235 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा