अपराध

    Showing 1,321-1,330 of 2,232 items.
  • राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन झडपपछि स्थगित

    काठमाडौं – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीच झडप भएपछि स्थगित गरिएको छ।कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा नै विवाद चर्किएको थियो। झडपलाई नियन्त्रणमा लिन नसकेपछि लिङदेनले अधिवेशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरे।अध्यक्ष लिङदेनले आज भएको घटनाको छानबिन हुने स्पष्ट पार्दै दोषीमाथि आवश्यक कारबाही हुने बताएका छन्।

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 609 पटक पढिएको
  • सुनसरीमा सेप्टिक ट्यांकीभित्र ठेकेदार र कामदार मृत फेला

    विराटनगर— सुनसरीको दुहबी नगरपालिका–४, शिव मन्दिर चोकस्थित एक निर्माणाधीन घरको सेप्टिक ट्यांकीभित्र दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। बुधबार बिहान करिब १० बजे उनीहरू मृत फेला परेका हुन्।मृतकहरूमा दुहबी नगरपालिका–२ का ५० वर्षीय श्याम बहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्। तामाङ सो घर निर्माणका पेटी ठेकेदार हुन् भने राई कामदारका रूपमा कार्यरत थिए, मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।घटना स्थलमा प्रहरी निरीक्षक सागर तिमिल्सिनाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार घटनाको स्पष्ट कारण नखुलेको बताइएको छ।घटनाको थप अनुसन्धा

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 492 पटक पढिएको
  • चक्रे मिलनसहित १९ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सुरु

    काठमाडौं – गुण्डा नाइकेका रूपमा चिनिने चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनाको बयान काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ। न्यायाधीश खिमानन्द भुसालको इजलासमा अहिले उनीहरूको बयान प्रक्रिया चलिरहेको हो।गत साउन १६ गते राति महाराजगञ्जस्थित साम्बाला होटलमा जन्मदिन मनाउने क्रममा होहल्ला गरेका कारण उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उक्त घटनापछि जिल्ला सरकारी वकिलको कार्यालयले अभद्र व्यवहारको आरोपमा हिजो उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।मुद्दामा चक्रे मिलनसँगै समावेश अन्य १८ जनामा जितबहादुर लामा, रितिक लामा, चन्द्रदेव कार्की, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार,

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 637 पटक पढिएको
  • सुनसरीको झुम्का कारागारबाट कैदी फरार, प्रहरीको खोजी अभियान तीव्र

    विराटनगर— सुनसरीको झुम्का कारागारबाट एक जना कैदी भागेका छन् । जबरजस्ती करणी (बलात्कार) मुद्दाका कैदी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री गएराति कारागारबाट भागेका हुन् ।जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो । कारागारको पर्खाल नाघेर उनी फरार भएका हुन् ।सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनी २०८१ साउन २१ गतेदेखि  कारागारमा थिए ।घटनाको छानबिन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय छानबिन सम

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 707 पटक पढिएको
  • ७ वर्षीय बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

    उदयपुर— बालयौन दुव्र्यवहार र जबर्जस्ती करणीका दुई छुट्टाछुट्टै घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।त्रियुगा नगरपालिका–११ बरुवाटारमा डेरा गरी बस्ने ७ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा बरुवाटारका ४५ वर्षीय शुुभराज राईलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) केदारमान दोङले जानकारी दिए ।केही दिनअघि राति १० बजेतिर घरनजिकै बालिकालाई जबर्जस्ती करणी गरेको जानकारी आएपछि प्रहरीले खोजतलासका क्रममा राईलाई घरबाटै नियन्त्रणमा लिई उदयपुर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुर

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 709 पटक पढिएको
  • मोसो दल्ने खड्का पक्राउ, नेकपा बहुमत चितवन सेक्रेटरीको संलग्नता

    चितवन – नापी कार्यालय खैरहनीका कार्यालय प्रमुख इन्जिनियर शालिकराम लम्साललाई मोसो दलेर दुर्व्यवहार गर्ने जिल्ला सेक्रेटरी ‘दिपक’ भन्ने भीमबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरीका अनुसार घटनामा संलग्न अन्य दुई व्यक्तिको खोजी भइरहेको छ । पक्राउ परेका खड्काबाट ९ थान पर्चा बरामद भएको छ । उक्त पर्चामा ‘शालिकराम लम्साललाई कारबाही किन नगर्ने ?’ जस्ता शब्द लेखिएका छन् ।एसपी पुरीका अनुसार पक्राउ परेका खड्काविरुद्ध अभद्र व्यवहार मुद्दामा आज म्याद थप गरिँदैछ । मंगलबार मोसो दल्नुअघि धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) ले लम्सालसँग चन्दा मागेको थिय

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 544 पटक पढिएको
  • भैंसीलाई चरम यातना दिँदै ओसारपसार गर्ने दुई जना पक्राउ

    अर्घाखाँची— अर्घाखाँची जिल्लामा भैंसीलाई क्रूरतापूर्वक सानो गाडीमा अटाएर ओसारपसार गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।धारापानीबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको बोलेरो सिङ्गल क्याब गाडीमा चारवटा भैंसीहरूलाई अत्यन्तै अमानवीय तरिकाले कोचेर लैजाने क्रममा सन्धिखर्क नगरपालिका–२ स्थित घोचेखोलामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ का २३ वर्षीय सरोज पौडेल र रोल्पा लुङ्ग्री गाउँपालिका–२ निवासी १८ वर्षीय क्रिस बानिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक प्रसाद शर्माका अनुसार उनीह

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 628 पटक पढिएको
  • एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना,१०६ पत्रकार पीडित

    काठमाडौँ —गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।समीक्षा अवधिमा बागमती

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 1,012 पटक पढिएको
  • निर्माणाधीन घरभित्र दुई पुरुषको हत्या

    धरान – सुनसरीको दुहबी नगरपालिका-४ मा दुईजना पुरुषको हत्या गरिएको छ । निर्माण भइरहेको घरमा ती पुरुषहरूको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जानकारी दिएको छ ।दुई पुरुषको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर  गरेका थिए । त्यसलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी परिचालन गरि घटनाको अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार ती पुरुषलाई कसैले हत्या गरी फ्यालेको हुनसक्ने अनुमान गरिएको छ । पहिचान नखुलेका पुरुषको शवको वस्तुस्थिति बुझ्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट चिकित्सक झिकाइएको  डीएसपी खतिवडाले बताए

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 580 पटक पढिएको
  • त्रुटि स्वीकार्दै खतिवडाले दिए राजीनामा, जिम्मेवार को?

    काठमाडौं – संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले रोस्ट्रमबाट राजीनामाको घोषणा गर्दै निष्ठाका आधारमा निर्णय लिएको दाबी गरे।खतिवडा निजामती सेवा विधेयकमा गरिएको विवादास्पद संशोधन — दुई वर्षे 'कुलिङ पिरियड' हटाउने निर्णय — का कारण आलोचनामा परेका थिए। सो विषयमा गठित संसदीय छानबिन समितिले उनलाई ‘नैतिक रूपमा जिम्मेवार’ ठहर गरेपछि उनले सभामुख देवराज घिमिरे र पार्टी प्रमुख सचेतक श्यामकुमार घिमिरेसँग छलफल गरेर राजीनामाको निर्णय लिएको जनाएका छन्।राजीनामा घोषणा गर्दै खतिवडाले विधेयकमा त्रुटि भएको दिनमै स

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 783 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.