काठमाडौं – राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन दुई पक्षबीच झडप भएपछि स्थगित गरिएको छ।


कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको उपस्थितिमा नै विवाद चर्किएको थियो। झडपलाई नियन्त्रणमा लिन नसकेपछि लिङदेनले अधिवेशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरे।


अध्यक्ष लिङदेनले आज भएको घटनाको छानबिन हुने स्पष्ट पार्दै दोषीमाथि आवश्यक कारबाही हुने बताएका छन्।