अपराध

    Showing 1,271-1,280 of 2,232 items.
  • रौतहटमा सुटकेसमा भेटिएकी महिलाको सनाखत, हत्या आशंकामा अनुसन्धान तीव्र

    रौतहट– रौतहटको गौर–सिरसिया सडकखण्डमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी महिलाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक २६ वर्षीया रुबिकुमारी साह सुडी हुन्, । उनी  गौर नगरपालिका–२ महादेवपट्टिमा डेरा गरी बस्दै आएकी थिइन्।माधवनारायण नगरपालिका–६ माधोपुर माइती भएकी महिला भएको प्रहरीले जनाएको छ । मृतकको वैवाहिक घर भारतको बिहार राज्य, मुज्जफरपुर जिल्लास्थित रक्साटोलमा पर्छ। उनी त्यहाँका शिव सागर साहकी पत्नी हुन्।रुबिकुमारीले आफ्नो चार वर्षीय छोरालाई पढाउने उद्देश्यले केही वर्षदेखि आमा सँगै गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। मृतकको बुबा राम विनोद साह सुडी झन्डै तीन दशकदेखि भा

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 641 पटक पढिएको
  • समाजवादी महिला संघ धनुषाद्वारा जनकपुरधाममा झाडुसहित प्रदर्शन

    जनकपुर— जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी महिला संघ धनुषाले जनकपुरधाममा झाडुसहित विरोध प्रदर्शन गरेको छ ।शनिबार संघका महिला सदस्यहरुसहित जसपा नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सडक अवरुद्ध गर्दै सरकार विरुद्ध प्रर्दशन गरेका छन् । उनीहरुले उपेन्द्र यादव जिन्दावाद, झुठो मुद्या खारेज गरे, ओली सरकार मुर्दावादलगायतका नारासमेत लगाएका छन् ।जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जसपा नेपालका समानुपातिक मधेश प्रद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 602 पटक पढिएको
  • सडकमा भेटिएको सुटकेस भित्र महिलाको शव फेला

    चपुर  ।   रौतहटमा सडकमा भेटिएको  सुटकेस भित्र एक महिलाको शव फेला परेको छ। रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राती १०:३० बजे संकास्पद सुटकेस फेला परेको थियो। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको उक्त  सुटकेस खोलेपछि भित्र महिलाको शव भेटिएको छ। घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली रातिदेखि नै घटनास्थलमा परिचालन गरिएको थियो। महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने अनुमान रहेको र यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 464 पटक पढिएको
  • नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा रास्वपाका सल्लाहकार पक्राउ

    बुटवल— रुपन्देहीमा नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश समिति सल्लाहकार हरिप्रसाद कँडेल पक्राउ परेका छन्।चितवनको कालिका नगरपालिका–५, पदमपुर निवासी कँडेललाई चितवनबाट पक्राउ गरी रुपन्देही ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनले ‘कलेज कोच नेपाल प्रालि’ नामक शैक्षिक परामर्श संस्था सञ्चालन गर्दै आएका थिए।यसअघि साउन ३० गते रुपन्देहीको बेलहिया बसपार्कस्थित होटल मुक्तिनाथ परिसरबाट भारतको कानपुर निवासी २५ वर्षीय अभिषेक यादव नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ परेका थिए। यादवको साथबाट त्रिभुवन विश्वविद्यालयका

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 674 पटक पढिएको
  • ६ लाख २२ हजार बराबरको सुनचाँदीका गरगहना र नगद रकम चोरी

    कपिलवस्तु — कपिलवस्तुको शिवराज नगरपालिका–१, चैनपुरमा बिहीबार दिउँसो एक घरमा भएको चोरीको घटनामा करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको सुनचाँदीका गरगहना र नगद रकम हराएको छ।स्थानीय बासुदेव शर्माको घरमा घटेको उक्त चोरीप्रति जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पुष्टि गरेको छ। प्रहरीका अनुसार चोरीमा संलग्न व्यक्ति हाल फरार छन् र उनीहरूको खोजी कार्य जारी छ।प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको बताउँदै, घटनाका सम्बन्धमा विस्तृत जानकारी संकलन भइरहेको जनाएको छ। प्रहरीले स्थानीयवासीलाई सतर्क रहन र कुनै पनि शंकास्पद गतिविधि देखेमा तुरुन्त खबर गर्न आग्रह गरेको छ।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 602 पटक पढिएको
  • वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।पक्राउ परेकामा प्युठान नगरपालिका–८ घर भई हाल टोखा नगरपालिका–३ बस्ने ३९ वर्षीय शान्त बहादुर विक, काभ्रे भूम्लु गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने २६ वर्षीय प्रल्हाद खत्री, सिराहा कर्जन्हा नगरपालिका–८ घर भई हाल बनेपा नगरपालिका–८ बस्ने ४४ वर्षीय महमद हातीम, र खोटाङ हलेसी तुवाचुङ नगरपालिका–४ घर भई हाल बुढानिलकण्ठ नगरपालिका–२ बस्ने ४६ वर्षीय तारा बस्नेत तामाङ रहेका छन्।शान्त बहादुरले क्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 639 पटक पढिएको
  • प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

    सुर्खेत— प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी संलग्न भएको आरोपमा चार जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका– ७ स्थित लोक सेवा आयोगको सुर्खेत कार्यालयमा सञ्चाररइन्जिनियरिङ प्राविधिकतर्फको प्रहरी जवान परीक्षा चलिरहेको बेला बिहीबार नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको हो ।बिहान करिब ९ः३० बजेतिर परीक्षा हलभित्रै प्रवेशपत्र र नागरिकताको फोटो परिवर्तन गरी अर्कै परीक्षार्थीको परीक्षा दिन पुगेका दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।पक्राउ परेकामध्ये जाजरकोट, छेडागाड नगरपालिका– १२ का धर्मराज चरनाको सट्टामा परीक्षा दिन आएका कुशे गाउँपा

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 652 पटक पढिएको
  • शंकास्पद गतिविधिमा संलग्न इन्डोनेसियाका तीन नागरिक नियन्त्रणमा

    काठमाडौं— अध्यागमन विभागले शंकास्पद क्रियाकलापमा संलग्न तीन इन्डोनेसियाली नागरिकलाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये एक जना पर्यटक भिसामा र दुई जना अध्ययन भिसामा नेपाल आएका थिए।गृह मन्त्रालयका अनुसार, सन् २०२४ मा नेपाल प्रवेश गरेकी एक इन्डोनेसियाली महिलाले अध्ययन भिसाको उद्देश्य विपरीत ललितपुरको धोबिघाट क्षेत्रमा मुस्लिम धर्मको प्रचार–प्रसारमा संलग्न रहेको पाइएको छ।प्रहरी अनुसन्धानबाट ती महिलासहित अन्य व्यक्तिहरूले कुरान पढाउने कार्यमा समेत संलग्न रहेको खुलेको छ।अध्यागमन विभागले उनीहरूको गतिविधि शंकास्पद रहेको भन्दै हाल अनुसन्धानको दायरामा राखिएको जनाएको छ। आवश्यक अनुसन्धानपश्चात उनीहरूमाथि अध

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 644 पटक पढिएको
  • लागुऔषध ट्रामाडोलसहित सात युवक पक्राउ

    चितवन— चितवनको भरतपुरमा १७ हजार ४०० थान ट्रामाडोल क्याप्सुलसहित सात युवक पक्राउ परेका छन्।भरतपुर महानगरपालिका–९ स्थित केन्द्रीय बस टर्मिनल नजिकैको एक होटलबाट उनीहरूलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।पक्राउ परेका युवकहरू होटलमा बसेर अवैध रूपमा लागुऔषध ट्रामाडोल बिक्री वितरण गरिरहेको अवस्थामा फेला परेका कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले बताए ।पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत पश्चिम चम्पारण जिल्लाका एक युवकसमेत रहेका छन्। पक्राउ परेका सबै व्यक्तिमाथि लागुऔषध नियन्त्रण सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि ब

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 801 पटक पढिएको
  • भन्सार छलीका सामानसहित बोलेरो गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

    सिरहा — सशस्त्र प्रहरी बल नेपाल, नम्बर ७ गण सिरहाको गस्ती टोलीले भन्सार छलीका सामग्रीसहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ।गएराति करिब ९ः३० बजे मिर्चैया नगरपालिका–९ स्थित घुर्मी पुल नजिक पूर्व–पश्चिम राजमार्गमा जाँचका क्रममा सशस्त्र प्रहरी निरीक्षक अनिल खड्काको कमाण्डमा खटिएको गस्ती टोलीले स १ च १०४८ नम्बरको सिंगल क्याप बोलेरो गाडी नियन्त्रणमा लिएको हो।गाडीमा कुनै बिलबिजकबिना ल्याइएको ४० बोरा चिनी, २० बोरा कविर सुर्ती र ५ बोरा केराउ फेला परेको सशस्त्र प्रहरी बल नम्बर ७ गण सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीले जानकारी दिए। उनका अनुसार फेला परेका सामग्रीको अनुमानित मूल्य करिब

    • प्रकाशित मितिः भदौ ५, २०८२
    • 770 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.