अपराध

    Showing 1,131-1,140 of 2,232 items.
  • सङ्खुवासभामा आफन्तको खुकुरी प्रहारबाट १ जना गम्भीर घाइते

     सङ्खुवासभा— सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ माङ्तेवामा खुकुरी प्रहारबाट एक जना शिक्षक गम्भीर घाइते भएका छन्। जीवन ज्योति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक राजेन्द्र राईमाथि आफन्त फुपूका छोराहरूले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।घटनामा शिक्षक राईको टाउको, हात र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। उनलाई सुरुमा जिल्ला अस्पताल खाँदबारी लगिएको थियो। तर, त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सामान्य विवादपछि जाँडरक्सी सेवन गरेका आफन्त स

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 830 पटक पढिएको
  • बेलायतमा यहूदी प्रार्थनास्थलबाहिर आतंकवादी हमला, दुईजनाको मृत्यु

    काठमाडौं— बेलायतको म्यानचेस्टरमा बिहीबार एक यहूदी प्रार्थनास्थल (सिनागग) बाहिर आतंकवादी हमला भएको छ । यसमा दुई यहूदी नागरिकको मृत्यु भएको छ भने तीनजना गम्भीर रूपमा घाइते भएका छन् ।क्रम्प्सल भन्ने स्थानमा योम किप्पुर पर्वमा प्रार्थनाका लागि धेरै यहूदीहरू भेला भएका वेला आक्रमणकारीले उनीहरूमाथि कार चढाइदिएको र त्यसपछि गोली चलाउन थालेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।प्रहरीको कारबाहीमा आक्रमणकारीको मृत्यु भएको छ । योम किप्पुरको दिन यहूदीहरू आफ्ना विगतका गल्तीहरूको लागि माफी माग्छन् र प्रार्थना गर्छन् ।बेलायतका प्रधानमन्त्री कियर स्टार्मरले यो हमलालाई अत्यन्त डरलाग्दो भएको बताए । स्टार्मर बेलायतको आ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 625 पटक पढिएको
  • बाजुरामा दुई पक्षबीच झडप, तीन जना घाइते

    बाजुरा –  बाजुरामा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको त्रिवेणी नगरपालिका २ स्थित गाउँमा आयोजित देउडा कार्यक्रममा दुई पक्षबीच झडप हुँदा तीन जना घाइते भएका हुन् ।रातिको समय करिब १ बजेतिर भएको झडपमा परेर त्रिवेणी नगरपालिका ३ का १८ वर्षीय मनोज साउँद, २२ वर्षीय दिनेश साउँद र १६ वर्षीय तपेश साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मनोज साउँदको घाँटी, निधार र दाँहिने हातमा चोट लागेको छ भने दिनेश साउँदको घाँटी र बाँया पाखुरामा चोट लागेको छ ।त्यस्तै तपेश साउँदको दाँहिने हातको नाडीमा सामान्य चोट लागेको बुझिएको छ । घाइतेहरुलाई आफन्तले उपचारका ल

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 414 पटक पढिएको
  • दशैं मान्न मुम्बईबाट घर फर्किएका नौ दिने सन्तानका पिता शिवमको हत्या

    वीरगन्ज— दशैं मनाउन घर फर्किएका एक युवाको वीरगन्जमा हत्या भएको छ । मुम्बईमा काम गर्ने वीरगन्ज–११ रानीघाट निवासी शिवम साह कानुनको मंगलबार राति वीरगन्जको गीता मन्दिर नजिक धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।गीता मन्दिर नजिकै दुई समूहबीच भएको भिडन्तमा शिवमलाई धारिलो हतियार प्रहार गरी घाइते बनाइएको र उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल लैजाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबीचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।गम्भीर घाइते भएका शिवमलाई अस्पत

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 612 पटक पढिएको
  • सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ

    काठमाडौं— सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ रहेका छन् । काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट पक्राउ परेका तामाङ काठमाडौंको बबरमहलमा बस्दै आएका थिए ।उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 603 पटक पढिएको
  • इटहरीमा घरेलु विवादकै बीच श्रीमानको हातबाट श्रीमतीको ज्यान गयो

    सुनसरी— सुनसरीको इटहरीमा एक युवतीको आफ्नै श्रीमानको कुटपिटबाट ज्यान गएको हृदयविदारक घटना सार्वजनिक भएको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित डेरामा बस्दै आएकी २५ वर्षीया अनिसा भट्टराई दाहालको हत्या उनकै श्रीमान् सुमन दाहालले गरेका हुन् भन्ने खुलेको प्रहरीले जनाएको छ।खोटाङको ऐसलुखर्क गाउँपालिका–१ घर भएकी अनिसाको टाउको, नाक र कानमा काठको दाउरा प्रहार गरी गम्भीर घाइते बनाइएको थियो। घरेलु विवादका क्रममा सुमनले क्रोधित भई यस्तो हिंसात्मक हमला गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए।गम्भीर अवस्थामा रहेकी अनिसालाई तत्काल विराटनगरस्थित विराट शिक्ष

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 553 पटक पढिएको
  • बाजुरामा बेवारिसे अवस्थामा एक महिला मृत फेला

    बाजुरा— बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगर लास पार्टमार्टमको लागी अस्पताल बाजुराको शव गृहमा राखिएको प्रहरीले बताएको छ । घटनाबारे थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।पालिका वडा नं ६ स्थित  खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो । मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।उनका अनुसार,कालापानीको झुलङ्गे पुल नजिकै उनको शव फेला परेको बताए । प्रहरीको टोली करिब पाँच बजे

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 581 पटक पढिएको
  • जेनजी आन्दोलनमा घाइते भएका लक्ष्मण राईको निधन, मृतकको संख्या ७६ पुग्यो

    काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ निवासी ३६ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा निधन भएको छ। भदौ २४ गते आन्दोलनका क्रममा टाउकोमा गोली लागेर घाइते भएका राईको काठमाडौंस्थित ट्रमा सेन्टरको आइसियूमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनको अवस्था गम्भीर बन्दै गएपछि आइतबार मृत्यु भएको प्रहरीको भनाइ छ।जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।गोली लागेर घाइते भएका राईको अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए। घटनापछि उनी निरन्तर चिकित्सकीय निगरानीमा रहेका थिए।सरकार र आन्दोलनकारीबीच ज

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 663 पटक पढिएको
  • इटहरीमा सर्फको पैसा नदिँदा कुटपिट, तीन जना घाइते

    इटहरी— इटहरी उपमहानगरपालिका–१६ मा दुई सय रुपैयाँको सर्फ बिक्रीको पैसा नदिएको विवादले कुटपिट भएपछि तीन जना घाइते भएका छन्।इटहरी–७ का दिलीप चौधरीले सर्फ र फिनेल बिक्री गरिरहेका बेला एक व्यक्तिले सर्फको रकम नतिर्दा विवाद सुरु भएको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । कुटपिटमा व्यापारी दिलीप चौधरीसहित तीन जना घाइते भएका छन्। अन्य दुई घाइतेको नाम हालसम्म खुलाइएको छैन । उनीहरूलाई उपचारका लागि तत्काल अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।प्रहरीका अनुसार घटनामा संलग्न केही व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 793 पटक पढिएको
  • कञ्चनपुरका दुई नगरपालिकामा १५० छाउगोठ भत्काइयो

    कञ्चनपुर— छाउपडीजस्तो अमानवीय प्रथा अन्त्य गर्ने उद्देश्यले कञ्चनपुर जिल्लाको बेदकोट र कृष्णपुर नगरपालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएका छन्।जिल्ला प्रहरी कार्यालयका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ हटाइएको हो। प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय सरकारको समन्वयमा यो अभियान सञ्चालन गरिएको हो।अभियानको सुरुवात कृष्णपुर–१ की कमला आउजीको छाउगोठमै सर्पले टोक्दा मृत्यु भएपछि गरिएको हो। असार महिनाको अन्त्यतिर घटेको उक्त घटनाले पालिकालाई तुरुन्तै कदम चाल्न बाध्य बनायो। त्यसपछि पालिकाले छाउगोठ नहटाउनेहरूलाई १० हजार रुपैयाँ जरिवाना र कानुनी कारबाहीको चेतावनीसमे

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 663 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.