काठमाडौं— जेनजी आन्दोलनका क्रममा घाइते भएका नुवाकोट पञ्चकन्या गाउँपालिका–२ निवासी ३६ वर्षीय लक्ष्मण राईको उपचारका क्रममा निधन भएको छ। भदौ २४ गते आन्दोलनका क्रममा टाउकोमा गोली लागेर घाइते भएका राईको काठमाडौंस्थित ट्रमा सेन्टरको आइसियूमा उपचार भइरहेको
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । उनको अवस्था गम्भीर बन्दै गएपछि आइतबार मृत्यु भएको प्रहरीको भनाइ छ।
जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ।
गोली लागेर घाइते भएका राईको अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको चिकित्सकहरूले बताएका थिए। घटनापछि उनी निरन्तर चिकित्सकीय निगरानीमा रहेका थिए।
सरकार र आन्दोलनकारीबीच जारी तनाबका बीच आन्दोलनमा हुने मानवीय क्षतिले थप चिन्ता बढाएको छ। घटनाबारे थप विवरण सार्वजनिक गरिएको छैन।