काठमाण्डौ । कलाकार सुलेमान शंकर ‘इकु’ पत्नीशोकमा परेका छन् ।

उनकी ४२ वर्षिया पत्नी सम्झना घिमिरेको साउन १० गते निधन भएको हो । निधन अघिल्लो साता भए पनि शुक्रबार मात्र पशुपतिस्थित विद्युतीय शवदाह गृहमा घिमिरेको अन्त्येष्टि गरिएको छ । मिर्गौला पीडित घिमिरे लामो समयदेखि बिरामी थिइन्। घिमिरेको शुक्रबार पारिवारिक सदस्यको उपस्थितिमा अन्त्येष्टि गरियो ।

गत साता नै निधन भए पनि छोरा अमेरिकामा रहेकाले उनको अन्त्येष्टि ढिलो भएको हो । अञ्जना र इकुका तर्फबाट एक छोरा र एक छोरी छन् ।