काठमाण्डौ । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले राज्यको प्राथमिकता नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण गर्न नसकिने बताएका छन् ।
शुक्रबार सशस्त्र प्रहरी बलले आयोजना गरेको विपद् सम्बन्धी अन्तरक्रिया एवं छलफल कार्यक्रममा बोल्दै उनले सरकारको प्राथमिकतामा नपरेसम्म विपद्जन्य क्षति न्यूनिकरण गर्न नसकिने बताएका हुन् । संविधानको रक्षा, मौलिक हकको रक्षा र मानवको रक्षा गर्न विपद् न्यूनिकरणको विषयलाई सम्पुर्ण सरोकारवाला निकायले प्राथमिकतामा राख्नुपर्ने बताए ।
अर्यालले प्रत्येक बर्ष सबैभन्दा बढी जनधनको क्षति विपद्जन्यबाटै हुने गरेको भन्दै सरकारले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए ।